सगरमाथाको शिखरमा धरान

प्रदीप मेन्याङ्बो

सुनसरी — महिला सञ्चारकर्मीहरुले धरान उपमहानगरपालिका चिनाउने तस्बिर सगरमाथा शिखरमा पुर्‍याएको तस्बिर बुधबार उपमहानगरपाकिलाका कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीलाई हस्तान्तरण गरेका छन् । 

सगरमाथाको शिखरमा धरान

गत जेठ ९ गते विश्वको सर्वोच्च शिखर सगरमाथामा पाईला टेक्न सफल नेपाल टेलिभिजनकी रोजिता बुद्धाचार्य, राससकी रोशा बस्नेत, मेघा टेलिभिजनकी कल्पना महर्जन र स्वतन्त्र पत्रकार देउराली चाम्लिङले धरान उपमहानगरपालिकाका चिनाउने तस्बिर शिखरमा पुर्‍याएका थिए । देउराली चाम्लिङको गृहनगर धरान हो ।


उनले आफ्नो गृहनगरको तस्बिर बोकेर पर्यटन प्रवद्धन गर्ने उदेश्यले शिखरमा पुर्‍याएकी थिइन् । चाम्लिङले भनिन्, ‘मैले आफ्नो गृहनगरको माया बोकेर सगरमाथा शिखरमा सफल आरोहण गरेँ ।


तर पूर्वको धरानको पर्यटन प्रवद्र्धनमा थोरै भएपनि टेवा दिन सक्छु कि भनेर यो फोटो शिखरमा पुर्‍याएको थिएँ ।’


शिखरमा पुर्‍याएको तस्बिर ग्रहण गरेपछि कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले सगरमाथा आरोहण गर्न सफल सञ्चारकर्मी महिलाको साहसको प्रशंसा गरेक थिइन् । यसअघि किरात राई यायोक्खा सुनसरीले आफ्नो ३१ औँ स्थापना दिवसको असवरमा सगरमाथा आरोहण गर्ने महिला पत्रकारहरुलाई सम्मान गरेको थियो ।

प्रकाशित : श्रावण २३, २०७५ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?