२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ

आनन्द गौतम

ताप्लेजुङ — ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा आफ्नै बावुले छोरी बलात्कार गरेको आरोप लागेको छ । 

छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ

४० वर्षीय बाबुले आफ्नो १७ वर्षकी छोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ । छोरीले दिएको उजुरीको आधारमा बाबुलाई पक्राउ गरिएको प्रहरी नायव उरीक्षक ज्ञानेन्द्र बहादुर बस्नेतले बताए ।


दोभान इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आरोपित बाबुलाई पक्राउ गरी बुधबार करणी सम्बन्धि मुद्दा दर्ता भएको बस्नेतले वताए ।


सहोदर आमाको मृत्युपश्चात कान्छी आमा लिएर बसेका बाबुले पटक/पटक बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।


पछिल्लो पटक साउन ५ गते बलात्कार गरेको पीडितले दाबी गरेकी छन् । पछिल्लो पटक कान्छिआमा माइती गएको मौकाछोपी बलात्कार गरेको दाबी गरिएको छ ।


अरुलाई सुनाउन हिम्मत नभएकाले पीडा लुकाएर बसेकी उनले पछिल्लो पटकभने जिल्ला प्रहरी कार्यालयमा आफैं गएर उजुरी दिएकी थिइन् ।

प्रकाशित : श्रावण २३, २०७५ १९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?