प्रदेश नं १ मा बिहीबार सार्वजनिक बिदा

कान्तिपुर संवाददाता

विराटनगर — प्रदेश नं १ को सरकारले विश्व आदिवासी जनजाति दिवसका अवसरमा यही साउन २४ गते सार्वजनिक बिदा दिने सार्वजनिक सूचना जारी गरेको छ । 

प्रदेश नं १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले बुधबार यहाँ सूचना जारी गर्दै बिहीबार बिदाको घोषणा गरेको हो । मन्त्रालयले प्रदेशका १४ वटै जिल्ला प्रशासन कार्यलयमा २०७४ चैत २९ गतेको प्रदेश सरकारको निर्णयअनुसार उल्लिखित बिदा दिने निर्णय भई सोको सूचना नेपाल राजपत्र खण्ड (१) विराटनगर, नेपाल, चैत २९ गते २०७४ (पूर्व अतिरिक्ताङ्क १(अ) मा प्रकाशन भएको समेत जानकारी दिएको छ ।

सूचनामा साउन २४ गते विश्व आदिवासी दिवस, भदौ १० गते जनैपूर्णिमा, भदौ १८ गते राधाकृष्ण रथयात्राका दिन (मोरङ र सुनसरी मात्र) र कात्तिक २७ गते छठ पर्वमा सार्वजनिक बिदा दिने जानकारी गराइएको छ ।

प्रकाशित : श्रावण २३, २०७५ १९:३१
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ

आनन्द गौतम

ताप्लेजुङ — ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा आफ्नै बावुले छोरी बलात्कार गरेको आरोप लागेको छ । 

४० वर्षीय बाबुले आफ्नो १७ वर्षकी छोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।छोरीले दिएको उजुरीको आधारमा बाबुलाई पक्राउ गरिएको प्रहरी नायव उरीक्षक ज्ञानेन्द्र बहादुर बस्नेतले बताए ।

दोभान इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आरोपित बाबुलाई पक्राउ गरी बुधबार करणी सम्बन्धि मुद्दा दर्ता भएको बस्नेतले वताए ।

सहोदर आमाको मृत्युपश्चात कान्छी आमा लिएर बसेका बाबुले पटक/पटक बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।

पछिल्लो पटक साउन ५ गते बलात्कार गरेको पीडितले दाबी गरेकी छन् ।पछिल्लो पटक कान्छिआमा माइती गएको मौकाछोपी बलात्कार गरेको दाबी गरिएको छ ।

अरुलाई सुनाउन हिम्मत नभएकाले पीडा लुकाएर बसेकी उनले पछिल्लो पटकभने जिल्ला प्रहरी कार्यालयमा आफैं गएर उजुरी दिएकी थिइन् ।

प्रकाशित : श्रावण २३, २०७५ १९:०६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT