कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सिफारिस दस्तुर एक लाखसम्म

कान्तिपुर संवाददाता

सुनसरी — धरान उपमहानगरले सेवाग्राहीबाट लिने विभिन्न सिफारिस र अनुमति शुल्क दस्तुरको दर २० रुपैयाँदेखि १ लाखसम्म तोकेको छ । साउनदेखि नै लागू हुने गरी यस्तो शुल्क तोकिएको हो ।सवैभन्दा कम दस्तुर निवेदन फारामको २० रुपैयाँ छ ।

सिफारिस दस्तुर एक लाखसम्म

आर्थिक सम्पन्नले व्यक्तिगत रूपमा नगरक्षेत्र भित्र बोरिङ गरेर पानी प्रयोग गर्नेहरूमध्ये चार इन्च पाइपभन्दा सानोका लागि बोरिङ अनुमति सिफारिस ५० हजार र त्यसभन्दा बढीको अनुमतिका लागि एक लाख रुपैयासम्म दस्तुर तोकिएको छ ।

धरानमा भूमिगत पानी बोरिङ गरेर व्यक्तिगत रूपमा पानी प्रयोग गर्नेहरू आधा दर्जन छन् ।
उपमहानगरले सार्वजनिक गरेको विभिन्न दस्तुरहरूमा बंशजका आधारमा नागरिकता लिने सिफारिसमा सय रुपैयाँ तोकिएको छ । अंगिकृत नागरिकताका लागि भने हजार रुपैयाँ छ । घर नम्बर प्लेट, घरबाटो, प्रतिलिपि व्यवसाय दर्ता, व्यक्तिगत घटना दर्ता प्रतिलिपि प्रमाणिकरण लगायतको २ सय दस्तुर तोकेको छ ।

सर्जमिन, बसोबास, नामथर जन्म मिति संशोधन, जन्म मृत्यु विवाह, व्यवसाय ठाउँसारी, व्यवसाय नाम र किसिम परिवर्तन, धर्मपुत्र वा पुत्री सिफारिस, हकवाला संरक्षण, सेयरसम्बन्धी र व्यक्तिगत घटना दर्ता संशोधन, नाता प्रमाणित सिफारिसलगायतका लागि ५ सय रुपैयाँ कायम गरिएको छ ।

कुकुर दर्ता र नविकरण, संस्था दर्ता, अंग्रेजीमा सिफारिस, अविवाहित रहेको सिफारिस, मोही लागत कट्टा सिफारिस, पेन्सनकार्ड सम्बन्धी सिफारिस, एलानीमा खानेपानी वा विद्युत् जडान र नामसारीका लागि हजार रुपैयाँ दर तोकेको छ । उपमहानगरपालिकाले विटिएस टावर, थ्रीफेज विद्युत् लाइन जडान सिफारिसका लागि ५ हजार दस्तुर तोकेको छ ।

उपमहानगरले आन्तरिक आय वृद्धि गर्ने उद्देश्यले गत असारमा ११ गते बसेको तेस्रो नगरसभाले आर्थिक ऐन २०७५ पारित गरेअनुसार सिफारिस दस्तुर र राजस्वमा केही वृद्धि गरेको थियो । त्यही आधारमा उक्त सिफारिस दस्तुरमा परिवर्तन गरिएको हो ।

प्रशासकीय अधिकृत खगेन्द्र खतिवडाले साविक गाविसहरू पाँचकन्या र विष्णुपादुका समायोजना गरेपछि धरान उपमहानगरको आन्तरिक आय यो वर्ष १६ करोड पुर्‍याउने लक्ष्य राखिएको छ । यसअघिको आन्तरिक आय १० करोड ९० लाख मात्र थियो ।

प्रकाशित : श्रावण २४, २०७५ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?