महिला हराउने क्रममा वृद्धि

रासस/याेन्हाप

भद्रपुर — खुला सिमानाका कारण झापामा महिला तथा बालबालिका हराउने क्रम बढेको छ । वैदेशिक रोजगारीका नाममा समेत महिलाहरु वर्षेनी हराउने क्रम रोकिएको छैन । 

जिल्ला प्रहरी कार्यालयको तथ्याङ् अनुसार आर्थिक वर्ष २०७४।२०७५ मा ५ सय १२ महिला तथा बालबालिका हराएको निवेदन परेकामा महिला ३ सय ६६, बालक ४४ र बालिका १ सय २ छन् ।

Yamaha


जिल्लाका विभिन्न इलाका प्रहरी कार्यालयमा निवेदन परेका ३ सय ६६ महिलामध्ये २ सय ६७ जना मात्र फेला परेको प्रहरीले जनाएको छ । ९९ महिला अझै बेपत्ता छन् । हराउनेमा ४४ बालकमध्ये ३६ फेला परेका छन् भने आठ जना फेला परेका छैनन् ।

सोही अवधिमा १ सय २ बालिकामध्ये ८५ जना फेला परेका छन् भने १६ बालिका अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा विगत चार वर्षमा हराएका भेटिने कमै मात्रामा छन् । आर्थिक वर्ष २०७१/२०७२ मा हराएका ३ सय ३० महिलामध्ये १ सय ६० मात्र भेटिएका छन्, जसमा १ सय ७० जना अझै बेपत्ता छन् ।
त्यस्तै २०७२/२०७३ मा महिला तथा बालबालिका ३ सय ५५ जना हराएको निवेदन परेकामा २ सय ३६ फेला परेको प्रहरीले जनाएको छ । तिनमा १ सय १९ अझै बेपत्ता छन् ।

आव २०७३/२०७४ मा हराउने महिला तथा बालबालिका ४ सय २८ थिए जसमा फेला परेका २ सय ७६ छन् । एक सय ५२ जना अझै बेपत्ता छन् । जिल्लाका विभिन्न इलाका प्रहरीमा निवेदन परे पनि फेला पर्नेको सङ्ख्या भने कम छ ।

महिला तथा बालबालिका क्षेत्रमा काम गर्दै आएकी महिला अगुवा भोजकला दवाडीले नेपाली महिला वैदेशिक रोजगारीका क्रममा खाडी मुलुकमा घरेलु कामदारका लागि भारतीय बाटो हुँदै जानेको गरेको बताइन् ।

इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार खुला सीमाना भएका कारणले गर्दा महिला हराउने क्रम बढेको हो ।

रोजगारीमा लगाइदिन्छु भनेर प्रलोभनमा पारेर भारतका विभिन्न शहरमा नेपाली चेलीहरु बेचिएकाले पनि कम मात्रामा फेला पर्ने गरेको प्रहरीको भनाइ छ ।

सामाजिक सञ्जालले गर्दा पनि बढी मात्रामा युवती प्रेममा पर्ने र झूटो विवाहका सम्बन्धमा पारेर नेपाली चेलीहरु भारतमा बेचिने गरेका छन् ।

प्रकाशित : श्रावण २४, २०७५ १४:२१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौंमा यसरी मनाइँदै छ विश्व आदिवासी दिवस

तस्बिर : इलिट जोशी

काठमाडौँ — नेपाली आदिवासी जनजातिहरुले विश्व आदिवासी दिवस (अगष्ट ९) बिहीबार देशैभर विभिन्न कार्यक्रम गरी मनाउँदै छन् ।'अधिकार, प्रतिनिधित्व र स्वायत्तता/स्वशासनका लागि आदिवासी जनजातिको अडान, मानव पहिचान सहितको संघीयताका लागि संविधान संशोधन हाम्रो साझा अभियान' भन्ने मूल नाराकासाथ आज आदिवासी दिवस मनाइ राखिएको छ ।

जनजातिहरुले काठमाडौंको भृकुटीमण्डपबाट सहिदगेट न्युरोडगेट, रत्नपार्क हुँदै राष्ट्रिय सभा गृहसम्म र्‍याली निकालेका छन् । राष्ट्रिय सभा गृहमा विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

बिहीबार मध्यान्ह निकालिएको र्‍यालिमा जनजातिहरु आ-आफ्नो भेषभुषामा सजिएर आएका छन् ।

प्रकाशित : श्रावण २४, २०७५ १३:२८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT