लेकमा भस्मे फाँड्दै, औलका जग्गा बाँझै

आनन्द गौतम

ताप्लेजुङ — फक्तालुङ गाउँपालिका ६ लेलेप लावाजिनका रामकुमार राईलाई भस्मे नफाँडी जीविका चल्दैन । सदरमुकाम फुङलिङवाट डेढ दिनको पैदलमा घर भएका उनी भस्मे फाँडेर पहिलो वर्ष मकै छर्छन् ।त्यही वर्ष चिराइतो लगाउँछन् । बाली लगाउने महिनाचाहिँ अन्तर हुन्छ ।

माघ/फागुनमा फाँडेको भस्मेमा चैत वैशाखमा मकैको दाना रोप्छन् । साउन भदौमा चिराइतोको दाना रोप्छन् ।


मकैको कमाइ पहिलो वर्षको मात्रै खान पाइन्छ । दोस्रो वर्षदेखि झाँडी धेरै हुने भएकाले मकै गोड्न सकिँदैन । त्यसपछि भने चिराइतोको पर्खाइमा बस्नुपर्छ । चिराइतोको कमाइ तीन वर्षपछि मात्रै खान पाइन्छ ।

Yamaha


तीन वर्षपछि टिप्न योग्य हुन्छ । पछिल्ला वर्ष चिराइतोको मूल्य घटेपछि उत्पादनका लागि धेरै क्षेत्रफलमा बाली लगाउनुपर्छ । त्यसका लागि भस्मे पनि धेरै फाँड्नुपर्छ ।


रामकुमार मात्रै नभएर यो बस्तीका प्राय: सबैले भस्मे नफाँडी जीविका चल्दैन । भस्मे फाँड्ने जमिन भने उही हुन्छ । चिराइतो उठाएपछि त्यही ठाउँमा फेरि फाँड्छन् र बाली दोहोर्‍याउँछन् ।


लेलेपको लावाजीन मात्रै नभएर फक्तालुङ गाउँपालिकाअन्तर्गत रहेका साविकका इखावु, तापेथोक, लेलेपका लेकाली क्षेत्रका बासिन्दाले भस्मे फाँड्छन् । लेकाली क्षेत्रमा यसरी भस्मे फाँडिरहँदा औलका अधिकांश जग्गा भने बाँझिइरहेका छन् ।


फक्तालुङसँग जोडिएको फुङलिङ नगरपालिकाको गुँहेली, भाटे, नाङगे लगायतको क्षेत्रका जमिन बाँभmिइरहेका छन् । जनावरको प्रकोप र खेती गर्ने मान्छे नभएका कारण सिंगो जमिन बाँझै छोडेर हिँड्ने गरेका हुन् ।


फक्तालुङ गाउँपालिकामै पनि कतिपय स्थानको जमिन बाँझो हुन थालेको जनप्रतिनिधि बताउँछन् । ‘अब बिस्तृत अध्ययनको तयारीमा छौं,’ गाउँपालिकाका प्रवक्ता छेतेन वालुङले भने, ‘गाउँपालिकाभित्र पनि व्यवस्थित बसोबास भने छैन ।’ यो जिल्लाकै ठूलो गाउँपालिका पनि हो । यसले जिल्लाको आधाभन्दा बढी भू–भाग ओगटेको छ ।


अहिले स्थानीय तहमै सरकार भए पनि बस्ती व्यवस्थापनको योजना छैन । निर्वाचनपछिको एक वर्ष विताएका स्थानीय तहले यससम्बन्धी कुनै योजना पनि ल्याएका छैनन् । भस्मे फाँड्नेले एकान्तमा बस्नुपर्छ । एउटादेखि अर्को बस्तीमा पुग्न चार/पाँच घण्टासम्म लाग्छ । विकट स्थानमा एक्लो परिवार बसेर जीउनुपर्ने बाध्यता रहेको छ ।


जिल्ला कृषि विकास कार्यालयको तथ्यांकअनुसार जिल्लाको करिब पाँच हजार हेक्टर जमिन बाँझो रहेको छ भने बाँझिने क्रम पनि बढिरहेको छ ।

प्रकाशित : श्रावण २५, २०७५ ११:५४
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

खानेपानीमा ‘कोलीफर्म’

देवनारायण साह

मोरङ — मानव स्वास्थ्यलाई हानि पुर्‍याउने ‘कोलीफर्म’ भएको पानी बजारमा छ्यापछ्याप्ती बिक्री भइरहेको छ । कोलीफर्म पाइएको कतिपय उद्योगहरूले समेत उत्पादन गरेर पानी बजारमा बिक्री गरिरहेका छन् ।

क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको बेवास्ताले दिसामा पाइने कोलीफर्म जीवाणु भएको पानी उपभोक्ता खान बाध्य भएको स्थानीयको गुनासो छ । कोलीफर्म पाइएको दिव्य श्री जल उद्योग विराटनगर–१२ ले अर्कै कम्पनीको लेवल लगाएर पानी बिक्री वितरण गर्दै आएको छ । उक्त उद्योगले शशि जलको ब्रान्डमा पानी बिक्री गरिरहेको हो । उक्त उद्योगमा काम गरिरहेका कुमार शर्माले ट्यांकमा भएको पानी शशि जलको ब्रान्डमा बिक्री गरिरहेको स्विकारे ।
दिव्य श्री जलका दिपक शर्माले पानीमा कोलीफर्म पाइएको चिठ्ठी प्राप्त भएदेखि उत्पादन र बिक्री वितरण बन्द गरेको र नजिकका ग्राहकहरूलाई शशि जल आपूर्ति गर्दै आएको दाबी गरे । यस्तै, शीतल जल उद्योग विराटनगर–८ को शीतल जल ब्रान्डमा पनि कोलीफर्म पाइएको छ । उक्त कम्पनीले कोलीफर्म भएको पानी उपभोक्तालाई बिक्री वितरण गर्दै आएको स्थानीयले गुनासो पोखे ।


उक्त उद्योगका प्रोपराइटर रामप्रसाद साहले पानीको उत्पादन, बिक्री वितरण बन्द गरेको र ग्राहकहख्लाई गुडलक ब्रान्डको पानी खरिद गरेर आपूर्ति गर्दै आएको दाबी गरे । विराटनगरस्थित १० र बुढीगंगाको एक गरी ११ वटा प्रशोधित पानी उद्योगले उत्पादन गरेको पानीमा कोलीफर्म पाइएको छ ।


किशनकुमार रायले विराटनगर १३ मा सञ्चालन गरेको श्री जल उद्योगको ‘सूर्य जल’, रामप्रसाद साहले विराटनगर ८ मा सञ्चालन गरेको शीतलजल उद्योगको ‘शीतल जल’, पंकज कर्णले विराटनगर १४ मा सञ्चालान गरेको जोनसनजल उद्योगको ‘जोनसन अकुवा’ पानीमा कोलीफर्म भेटिए पनि बजारमा खुलेआम विक्री वितरण भइरहेको छ ।


यस्तै, रामविलास साहले विराटनगर २ मा सञ्चालन गरेको तिरुपति जल उद्योगको ‘श्रीजल’, रामविलास साहले विराटनगर ६ मा सञ्चालन गरेको पूजाफुड एण्ड बेभरेज प्रालिको ‘अक्वा पूजा’, सुमित साहले विराटनगर ११ मा सञ्चालन गरेको माउन्टेन वाटर उद्योगको ‘माउन्टेन’ ब्रान्डको कोलीफर्म भएको पानी बजारमा छ्यापछ्याप्ती छ । यस्तै, डिपल शर्माले विराटनगर १२ मा सञ्चालन गरेको दिव्यश्री जल उद्योगको ‘इभान एचटुओ’, सुरेन्द्र लगरवारले बुढीगंगा गाउँपालिका १ टंकीसिनवारीमा सञ्चालन गरेको शुभजल उद्योगको ‘शुभजल’ पानी समेत बजारमा बिक्री वितरण भइरहेको छ ।


जमुना खड्का र भरतकुमार खडकाले विराटनगर ५ मा सञ्चालन गरेको ‘अक्वा यमुना’, निकिता श्रेष्ठले विराटनगर ४ मा सञ्चालन गरेको गोमारानी उद्योगको ‘अक्वा निक्की गंगा’ र रक्षा अर्याल र विनोद अर्यालले विराटनगर १० मा सञ्चालन गरेको हाहिमल वाटर इन्डस्ट्रिजको ‘हाइमल’ ब्रान्डमा कोलीफर्म भेटिएको हो ।


प्रदेश १ का सामाजिक विकास मन्त्रालयको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय मोरङ, आन्तरिक राजस्व, वाणिज्य कार्यालय, क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, उपभोक्ता हकहित संरक्षण मञ्च, पब्लिक फोरम, पानी उत्पादक महासंघलगायतको अनुगमन टोलीले ४ दिन लगाएर यहाँका २० वटा पानी उद्योगको अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा प्रत्येक पानी उद्योगले उत्पादन गरेको पानीको नमुना संकलन गरेर परीक्षण गरेपछि ११ वटामा कोलीफर्म देखिएको क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ । ‘कोलीफर्म देखिएको उद्योगको पानी अहिले पनि बजारमा बिक्री वितरण भइरहेको छ,’ पब्लिक फोरमका अध्यक्ष उत्तम ढुङ्गेलले भने, ‘कोलीफर्म भेटिएको पानी बजारबाट जफत नगरिएकाले बिक्री वितरण भइरहेको छ ।’

प्रकाशित : श्रावण २५, २०७५ ११:५४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT