१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

५ लाख क्षतिपूर्ति

कान्तिपुर संवाददाता

मोरङ — विराटनगरस्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलले उपचार क्रममा बिहीबार मृत्यु भएकी सुत्केरीको परिवारलाई ५ लाख क्षतिपूर्ति र बच्चाको उपचार गर्ने सर्तमा घटना मिलापत्र गराएको छ ।

५ लाख क्षतिपूर्ति

सुनसरीको इटहरी १३ खनारकी २५ वर्षीया सगिरा खातुनको उपचार क्रममा मृत्यु भएको थियो । सगिराका हजुरबुबा मो रहमुलले अस्पताल सञ्चालक डा. ज्ञानेन्द्र कार्की आफैं वार्तामा बसेर आग्रह गरेपछि मिलापत्र गर्न बाध्य भएको बताए ।

‘अस्पतालले ५ लाख क्षतिपूर्ति, बच्चाको उपचार गर्ने र उपचारमा लागेको अस्पताल खर्च नलिने सहमति भयो,’ उनले भने, ‘सहमतिपछि शव बुझेर अन्तिम संस्कार गर्‍यौं ।’ पीडित परिवारले उपचारमा संलग्न चिकित्सकलाई सार्वजनिक गरेर कारबाही गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रेपछि अस्पताल बिहीबार दिनभर तनावग्रस्त भएको थियो ।

अस्पतालमा परिससरमा होहल्ला गर्दै आन्दोलनमा उत्रेपछि सुरक्षाकर्मी परिचालन गरिएको थियो । ३६ हप्ताकी गर्भवती सगिरालाई गत बिहीबार नियमित जाँचका लागि अस्पतालमा रक्तचाप बढेको भन्दै चिकित्सकले भर्ना गरेर उपचार थालेका थिए । त्यही क्रममा उनको मृत्यु भएको थियो ।

अस्पताल प्रशासनले गर्भवतीमा एक्लम्सिया रोग भएकाले बचाउन नसकेको दाबी गरेको थियो । सगिराबाट शल्यक्रिया गरी छोरीको जन्म भएको छ । अस्पतालका कृष्ण कँडेलले भने पीडित परिवारलाई क्षतिपूर्ति नदिएको दाबी गरे ।

प्रकाशित : श्रावण २६, २०७५ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?