कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

झरना क्षेत्र खुला

कान्तिपुर संवाददाता

धनकुटा — दुई महिनायता आवतजावत बन्द गरिएको पर्यटकीयस्थल नमस्ते झरना बिहीबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ ।

झरना क्षेत्र खुला

झरनामा नुहाउने क्रममा असार १ गते सुनसरीका एक युवकको पानीसँगै झरेको ढुंगा लागेर मृत्यु भएपछि व्यवस्थापन पक्षले झरनास्थल आवतजावतमा रोक लगाएको थियो । लामो समयसम्म बन्द रहेको झरना सुचारु नहुँदा दैनिक सयौं पर्यटक रित्तै फर्कन बाध्य थिए ।

झरनामा ढुंगा रोक्न माछाकाडे जाली निर्माण गरिएपछि अब खतरामुक्त रहेको नमस्ते झरना व्यवस्थापन समितिका अध्यक्ष दिलिपकुमार लिम्बूले जानकारी दिए । जाली राख्ने कार्यका लागि साँगुरीगढी गाउँपालिकाले ६ लाख उपलब्ध गराएको थियो । पहाडको टुप्पोबाट करिब १ सय मिटरको उचाइ र १० मिटरको फैलावटमा सफेद पानीमा गर्मीमा नुहाउनका लागि झरनाको लोकप्रियता अत्यधिक बढेको छ । स्वदेशीलाई २०, सार्क राष्ट्रकालाई ४० र अन्य राष्ट्रका पर्यटकलाई १ सय शुल्क लिने गरिएको छ ।

साँगुरीगढी गाउँपालिकाले यस वर्ष नमस्ते झरनामा प्रवेश शुल्क बापत ११ लाखमा ठेक्का दिएको गाउँपालिका प्रमुख कुमारजंग याखाले जनाए । तराईमा गर्मी बढेपछि भेडेटारलगायत आसपासका स्थान पुग्ने अधिकांश पर्यटक झरनामा जाने गर्छन् । दैनिक ५ सय बढि सर्वसाधारण पुग्ने गरेको व्यवस्थापन लिम्बूले बताए ।

यसैबीच झरनास्थल पुन: सञ्चालन आएपछि त्यहाँ बन्द रहेका होटल व्यवसाय समेत खुलेका छन् । झरनास्थल आसपास रहेका दर्जनौं होटल असार सुरुदेखि नै बन्द थिए । झरनामा नुहाउन पहिलो दिन बिहीबार सयौं सर्वसाधारणको भीड लागेको थियो ।

प्रकाशित : श्रावण २६, २०७५ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?