२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

उपभोग्य सामान अभाव

कान्तिपुर संवाददाता

तेह्रथुम — खोरुङ्गा खोलामा पानीको सतह बढेर सवारी वारपार गर्न नसक्दा फेदाप गाउँपालिकावासीलाई खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु ढुवानीमा समस्या भएको छ । सवारी वारपार गर्ने खोलामा वर्षासँगै बाढी आएर सवारी तर्न नसकेपछि एक सातायता सवारी आवागमन समेत बन्द भएको छ ।

उपभोग्य सामान अभाव

म्याङलुङ नगरपालिका र फेदाप गाउँपालिकाको सीमा खोरुङगा खोलामा पुल नहुँदा पूर्वी क्षेत्रका पाँच गाउँमा खाद्यान्न ढुवानीमा समस्या भएको हो । खोलामा पानीको बहाव नघटेकाले सवारी तर्न नसकेको स्थानीय बमबहादुर लिम्बूले बताए ।

खोलाबाट सवारी तर्न नसक्दा फेदाप गाउँपालिकाको वडा नम्बर १ सिम्ले, २ नम्बर ओयाक्जुङ, ३ नम्बर जलजले, ४ नम्बर सम्दु र ५ नम्बर इसिवुमा खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुको ढुवानीमा समस्या भएको गाउँपालिका अध्यक्ष हरि चोङबाङले बताए । यसअघि सदरमुकाम म्याङलुङबाट ढुवानी गरी स्टक राखेको खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तु सकिएको र थप सामान ढुवानी गर्न नसक्दा अभाव चुलिएको सिम्ले औंसी बजारका होटल व्यवसायी चित्र श्रेष्ठले बताए ।

गाउँमा चामल, चिउरा, चिनी, नुन, बिस्कुट, पिठो लगायतका दैनिक उपभोग्य वस्तुको अभाव चुलिएको छ । समयमा सामान ढुवानी गर्न नपाउँदा यस क्षेत्रका बासिन्दालाई खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुको अभाव भएको होटल व्यवसायी श्रेष्ठले बताए ।

खोरुङ्गा खोलामा पानीको बहाव बढेसँगै गत साताबाट म्याङलुङ संक्रान्ती ६७ किलोमिटर सडक अवरुद्ध भएको छ । खोला वारिका ग्रामीण क्षेत्रका सडक जेठ महिनायता हिलाम्मे छन् । सडक माथिबाट ठाउँठाउँमा पहिरो खसेर हिँड्न समेत समस्या छ । पहिरो हटाउनेतर्फ कसैको ध्यान नपुग्दा गाउँमा रहेका टयाक्टर समेत सञ्चालन हुन नसकेको पोक्लावाङका यातायात व्यवसायी दुर्गाप्रसाद लिम्बूले बताए ।

साना ग्रामीण बजारमा व्यवसाय सुरु गरेका धेरैको व्यवसाय वन्द भएको औंसी बजार व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका लिम्बूले बताए । खोला बढेर सवारी तर्न नसक्दा खोला पारि गाउँका किसानले उत्पादन गरेको ताजा तरकारी, दूध, गोलीया, अदुवा लगायतका कृषि उत्पादनले बजार पाउन नसकेको फेदाप २ ओयाक्जुङका नरबहादुर दर्जीले बताए ।

ढुवानी गर्न नपाउँदा पसलमा चामल, नुन, चिउरा, चिनी, तेल, चाउचाउ लगायत वस्तुको अभाव भएको औंसी बजारका होटल व्यवसायी श्रेष्ठले बताए ।

प्रकाशित : श्रावण २६, २०७५ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?