दुम्सी मार्न खोज्दा मृत्यु

कान्तिपुर संवाददाता

खोटाङ — दुम्सीको सिकार गर्ने क्रममा एक महिलाको ज्यान गएको छ । खोटेहाङ गाउँपालिका–८ सिम्पानी डिहिगाउँकी ४५ वर्षीया सरिता तामाङको साउन २६ गते मृत्यु भएको हो ।

दुम्सीको बासस्थान ओढारमा धुँवा लगाएर मार्ने क्रममा निस्सासिएर मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

आमासँगै दुम्सी मार्न गएका ११ वर्षीय नवल तामाङ अचेत अवस्थामा उद्धार गरिएको छ। उनको उपचारका लागि काठमाडौं लगिएको प्रहरीले जनाएको छ।

आमासँगै दुम्सी सिकारमा गएकी ७ वर्षीया छोरी पुजन तामाङ भने सामान्य अवस्थामा रहेको प्रहरीले जनाएको छ। सरिताको शव चिसापानीस्थित स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित : श्रावण २७, २०७५ १८:३७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

बलात्कारको आरोपमा पक्राउ

कान्तिपुर संवाददाता

कालिकोट — बालिका बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सान्नीत्रिवेणी गाउँपालिका–५ रिस्कोटका २८ वर्षीय जनबहादुर बम छन् । 

बालिकालाई २ दिनसम्म बन्धक बनाएर बलात्कार गरेको उजुरीका आधारमा बमलाई शनिबार पक्राउ गरेको प्रहरी नायव उपरीक्षक विनोद शर्माले बताए । दलित समुदायकी पीडित बालिकाले साउन १८ देखि २० गतेसम्म सोही गाउँपालिका–३ स्थित एक घरमा बमले बन्धक बनाएर लगातार बलात्कार गरेको उजुरी दिएपछि बमलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

साउन २५ गते जिल्ला अस्पतालमा पीडित बालिकाको स्वास्थ्य परीक्षण गरिएको र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक निरोज चौलागाईंले बताए ।

प्रकाशित : श्रावण २७, २०७५ १८:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT