कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

'नाकाबाट आयात–निर्यात सहज होस्'

माधव घिमिरे

विराटनगर — सीमा नाकाबाट आयात निर्यात सहज गर्ने सम्बन्धमा उद्योगी–व्यवसायी एवं नेपाल र भारतका भन्सार अधिकारीबीच छलफल गरिको छ ।

'नाकाबाट आयात–निर्यात सहज होस्'

उद्योग संगठन मोरङको नेपाल–भारत भन्सार समितिको आयोजनामा बुधबार छलफल गरिएको हो ।


संगठनका अध्यक्ष भीम घिमिरेले दुई देशबीचको व्यापार विस्तारमा भन्सारको कार्यालयको महत्वपूर्ण भूमिका हुने भन्दै यस क्षेत्रको व्यापार सहजीकरणमा सहयोग पुर्‍याउन विराटनगर र भारततर्फ जोगबनी भन्सार कार्यालयमा प्रमुखसँग आग्रह गरे ।

आयात निर्यातको क्रममा भन्सारसँग सम्बन्धित कुनै समस्या आए संगठन समाधानका लागि सहयोग गर्न तयार रहेको उनले बताए ।


जोगबनी कस्टमका डेपुटी कमिस्नर पवनकुमारले उद्योगी–व्यवसायीले भोगिरहेको समस्यामा आफू अवगत रहेको भन्दै जोगबनी कस्टमसँग सम्बन्धित समस्यालाई समाधान गर्न प्रयासरत रहेको बताए ।

कतिपय समस्यालाई माथिल्लो निकायबाट समाधान गर्नुपर्ने भएकाले नेपालस्थित भारतीय दुतावासमार्फत पहल गर्न उनले आग्रह गरे ।


विराटनगर भन्सारका अधिकृत मिमांश अधिकारीले यस क्षेत्रबाट हुने आयात निर्यात सहज बनाउन तयार रहेको उल्लेख गर्दै त्यसक्रममा आउने समस्या समाधानका लागि निरन्तर रहने बताए ।


संगठनका उपाध्यक्ष प्रदीप मुरारकाले भन्सारको प्रकृयागत जटिलताका कारण ढुवानीका साधलाई जाँचपास गर्न धेरै समय लाग्दा डिटेन्सन शुल्क तिर्नु परिरहेको समस्या भोग्नुपरेको भन्दै यसलाई सहज बनाउन आग्रह गरे ।


संगठनका सदस्य एवं नेपाल भारत भन्सार समिति संयोजक विपिन काँबराले जोगबनी कस्टमका डेपुटी कमिस्नर र विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृतसमक्ष भन्सार कार्यालय र उद्योगी–व्यवसायीबीच समन्वय अभावका कतिपय समस्या जटिल हुने गरेको यसलाई सहज बनाउन पहल गवर्नुपर्ने बताए ।

प्रकाशित : श्रावण ३०, २०७५ १६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?