कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

आमाले फालेकाे पाँच दिनपछि उद्धार गरिएकी बालिकाको मृत्यु

आनन्द गौतम

ताप्लेजुङ — आफ्नै आमाले शौचालयमा फालेकी १० महिने बालिका जमुना बिकको पाँच दिनपछि जिवितै उद्धार गरिए पनि बचाउन भने सकिएन । उपचारकालागि झापाको विर्तामोडस्थित मनमोहन अस्पताल पुर्‍याइए पछि चिकित्सकले मृत घोषणा गरेका हुन । 

आमाले फालेकाे पाँच दिनपछि उद्धार गरिएकी बालिकाको मृत्यु

‘पाँचथरको फिदिम, इलामको फिक्कल अस्पतालमा देखाउँदै विर्तामोड अस्पतालमा पुर्‍याउँदासम्म ढुकढुकी बाकी थियो । अस्पताल पुगेको केही समयपछि चिकित्सकले मृत घोषणा गरे,’ बालकलाई अस्पताल लिएर गएका टिकाराम गौतम स्मृति प्रतिष्ठानका एम्बुलेन्स चालक बिक्रम मिश्रले भने ।


जिल्लाको पाथिभरा याङवरक गाउँपालिका–२ थेचम्वू कलेवारीकी कमला विकले आफ्ना दुई जुम्ल्याहा छोरी गंगा र जमुनालाई शौचालयको ट्यांकी भित्र फालेकी थिइन् । कमला त्यही दिनदेखि बेपत्ता छन् । उनको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।


उनले शनिवार बच्चा फालेको अनुमान प्रहरीले गरेको छ । उनले अवैध गर्भवाट १० महिनाअघि घरैमा जुम्ल्याहालाई जन्मदिएकी थिइन् ।


बुधबार कमलाकी आमा सञ्जमायाले खाल्टोभित्र बच्चाको आवाज आएपछि गाउँमा हल्ला गरेकी थिइन् । गाउँलेहरुले ट्यांकीबाट निकालेर उपचारकालागि जिल्ला अस्पताल ताप्लेजुङ पुर्‍याएका थिए । खर्च नभएपछि गाउँलेहरुले २० हजार संकलन गरी उपचारकालागि पठाएका थिए। कमला आमा सञ्जमायासँगै बस्दै आएकी थिइन् ।


दुवै बालिकाको पोष्टमार्टम गरेर शव परिवारलाई वुझाउने बस्नेतले वताए । घटनाको अनुसन्धान वुधबारबाटै सुरु भइसकेको पनि उनले जानकारी दिए ।

प्रकाशित : श्रावण ३१, २०७५ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?