प्रदेश १
भाद्र १, २०७५

पहिरोले बस्ती जोखिममा

मंगलबार रातिको वर्षापछि झरेको पहिरोका कारण फक्तालुङ गाउँपालिका ४ इखावुका विभिन्न स्थानमा चिरा परेको छ । साविकका १ र ३ नम्बर वडाका २२ परिवार विस्थापित भएका छन् ।

गुणस्तरहीन पानी उद्योग पुन:सञ्चालन गराउने तयारी

क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले बन्द गरेको पिउने पानी उद्योगलाई मापदण्डविपरीत पुन: सञ्चालन गर्न दिने तयारी गरेको छ ।

दैलोमै तरकारी

बिहानको ६ नबज्दै ढाकीभरि तरकारी बोकेर एकल महिला ७० वर्षीया बुलातीदेवी मण्डल विराटनगर प्रवेश गरी सक्छिन् । विराटनगरलाई दक्षिणपूर्वी भेकसँग जोड्ने हाटखोला चोकको मुख्य मार्ग छेउमा बसेर सागपातको मुठा बनाउँछिन्, अनि तरकारीले भरिभराउ ढाकीमाथि सजाएर घरघरै पुग्छिन् ।

युवाले खोले साढे ३ करोडमा पोल्ट्री फार्म

अन्डा उत्पादन गर्ने उद्देश्यले बराहक्षेत्र नगरपालिका–९ जुंगेचोकमा छजना युवाहरू मिलेर व्यावसायिक पोल्ट्री फर्म सुरु गरेका छन् । तीन महिनामा दैनिक ९ हजार अन्डा उत्पादन गर्ने गरी फार्म खोलिएको हो ।

श्रावण ३१, २०७५
ADVERTISEMENT

आमाले फालेकाे पाँच दिनपछि उद्धार गरिएकी बालिकाको मृत्यु

आफ्नै आमाले शौचालयमा फालेकी १० महिने बालिका जमुना बिकको पाँच दिनपछि जिवितै उद्धार गरिए पनि बचाउन भने सकिएन । उपचारकालागि झापाको विर्तामोडस्थित मनमोहन अस्पताल पुर्‍याइए पछि चिकित्सकले मृत घोषणा गरेका हुन । 

फुटबल सिक्दै साना

प्रचण्ड गर्मी र झरीमा समेत साइकल हुइँक्याउँदै १३ वर्षे सुलभ चौधरी बेलुकी ४ बजेसम्म विराटनगरको शहिद रंगशाला पुग्छन् । मनकामना टोलस्थित घर नजिकै विद्यालयका कक्षा–६ का विद्यार्थी उनी दुई घण्टाको फुटबल अभ्यासपछि साँझ ६ बजे फर्कन्छन् ।

सतुवा किलोको १३ हजार

फुङलिङ नगरपालिका ५ का सबिन बानियाँले गाउमै सतुवा प्रतिकिलो १३ हजारसम्ममा खरिद गरे । यो अघिल्लो वर्षको तुलनामा ४ हजार रुपैयाँले कम हो । बिक्री गरिनसकेका उनले कति मूल्यमा बेच्छन् टुंगो छैन ।

लखेटिएपछि तरकारी व्यवसायीको बिचल्ली

तरकारी बिक्री गरे आर्थिक गर्जो टार्दै आएकी लक्ष्मी घिमिरे परिवार पाल्ने सहारा नभेटेपछि निराश छिन् । चोक बजार नजिकै तरकारी पसल चलाएर दुई अपांगता भएका छोरालाई पालनपोषण गर्दै आएका भुवन खतिवडा पनि अब के गर्ने भन्नेमा पिरोलिएका छन् ।

कागजात अझै छालाको फाइलमा

प्रविधिले फड्को मारिसके पनि सरकारी कार्यालयको कागजपत्र जनावरको छालाले बनेको फाइलमा राखिएको सुन्दा अनौठो लाग्न सक्छ । धनकुटाको मालपोत कार्यालयको तामेली फाँटमा यसैगरी फाइलमा कागजात राखिएको छ ।