कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

२४ औं तामाङ प्रसारण दिवस मनाइयो

धनकुटा — २४ औं तामाङ प्रसारण दिवसको अवसरमा धनकुटाको हिलेमा तामाङ पत्रकार संघको प्रदेशस्तरीय भेला सम्पन्न भएको छ ।

२४ औं तामाङ प्रसारण दिवस मनाइयो

तामाङ पत्रकार संघको आयोजनामा आयोजित भेलामा १ नं.प्रदेशका १४ जिल्लाका पत्रकारको सहभागिता रहेको छ । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले उद्घाटन गर्दै सञ्चारजगत् आवाजविहीनको आवाजको मान्यताले सार्थकता पाउन जोड दिए । उक्त अवसरमा संघका केन्द्रीय महासचिव बुद्ध योञ्जनले पत्रकारका अधिकार तथा पेसागत सुरक्षा प्रत्याभूत गराउन श्रमजीवी पत्रकारको एकता जरुरी रहेको बताए ।


भेला आयोजक समिति संयोजक तथा संघका केन्द्रीय सदस्य विश्वराज तामाङ, पत्रकार महासंघका पूर्वकेन्द्रीय उपाध्यक्ष सञ्जयसन्तोषी राई, सहसंयोजक मानवी तामाङ, तामाङ घेदुङका केन्द्रीय सदसय लालचन्द्र गोङ्बा, जिल्ला अध्यक्ष सीताराम तामाङ, पाख्रिबास नगरका अध्यक्ष जयन्द्र घिसिङलगायतले भेलाको सफलताको शुभकामना दिए । उक्त अवसरमा धनकुटाका पत्रकार सन्तवीर लामा र उदयपुरका ईश्वर तामाङलाई सम्मान गरिएको थियो ।

प्रकाशित : भाद्र १, २०७५ १९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?