बगेर एकको मृत्यु, अर्का बेपत्ता

विराटनगर — खोलाले बगाउँदा झापाको कन्काइ नगरपालिका २ का एक युवकको शनिबार मृत्यु भएको छ । माईखालामा पौडी खेल्ने क्रममा स्थानीय २५ वर्षीय आशीष पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ । साथीहरुसित पौडी खेल्ने क्रममा बगेका उनी बगेपछि उद्धार गरी स्वास्थ्य संस्था लैजाने क्रममा मृत्यु भएको थियो ।

बगेर एकको मृत्यु, अर्का बेपत्ता

यस्तै खोटाङको केपिलासगढी गाउँपालिका ५ सप्तेश्वरका २० वर्षीय सुजन राई रावा खोलामा बगेर बेपत्ता भएका छन् । माछा मार्ने क्रममा उनी बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ । उनको स्थानीय बासिन्दा र प्रहरी मिलेर खोजी गरिरहेका छन् ।

प्रकाशित : भाद्र २, २०७५ २०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?