कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जोखिममा २५ घर

ताप्लेजुङ — फक्तालुङ गाउँपालिकाको केन्द्र तापेथोक र वडा ४, इखावुको दूरी पैदल डेढ घण्टाको छ । इखावुमा साउन ३१ को पहिरोले गाउँ चिराचिरा पार्‍यो । स्थानीय तहका प्रतिनिधि भने ४ दिनपछि मात्र राहत वितरणका लागि पुगे ।

जोखिममा २५ घर

पहिरो गएको तेस्रो दिनमा गाउँपालिका अध्यक्ष सरोज एभेङ नेतृत्वको १६ जनाको टोली अनुगमनका लागि आएको थियो । चौथो दिन भदौ २ को बिहान छिरुवा बजारमा बोलाएर राहत वितरण गरेको इखावुका वसन्त लिम्वूले बताए ।

उनका अनुसार जनप्रतिनिधि बाढीपहिरो रोकिएपछि मात्र पुगेका हुन् । एभेङका अनुसार पहिरोको जोखिममा २५ घर छन् । तीमध्ये १० घर निकै समस्यामा छन । पहिरो गएको दिन उत्तर दक्षिण ओलाङचुङगोला सडकको अवलोकनका लागि गएकाले प्रहरी टोलीमात्रै पहिरो प्रभावित क्षेत्रमा पठाएको अध्यक्ष एभेङको भनाइ छ । ‘भोलिपल्ट गाउँकार्यपालिको बैठक थियो, त्यसैमा राहतको विषयमा समेत छलफल गर्नुपर्ने भएकाले ढिला पुग्यांै,’ उनले भने । रेडक्रसले पाललिन लिंखिमको सिंवा बजारमा बोलाएको छिरुवाका सुरेन्द्र तामाङले बताए ।

पहिरोले रानी आधारभूत विद्यालयको खेल मैदानसमेत बगाएको प्रधानाध्यापक प्रेम खतिवडाले बताए । विद्यालय जाने बालबालिकाका लागि अबरुद्ध पैदल मार्ग भने स्थानीयको सक्रियतामा खोलिएको छ ।

प्रकाशित : भाद्र ५, २०७५ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?