कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

नगरपालिकाको निर्देशन विद्यालयले मानेनन्

इलाम — कक्षा ११ र १२ कक्षाको पठनपाठन दिउँसो गराउने इलाम नगरपालिकाको प्रयास असफल भएको छ । नगरपालिकाले सबै उच्च माध्यमिक तहका कक्षा दिउसो मात्र चलाउन निर्देशन दिए पनि विद्यालयले अस्विकार गरेका हुन् ।

नगरपालिकाको निर्देशन विद्यालयले मानेनन्

सदरमुकामकाको धेरै विद्यार्थी भएको आदर्श उच्च माविले शुक्रबारदेखि दिउसो कक्षा सञ्चालन गर्न खोजे पनि विद्यार्थी नै नमानेपछि आइतबारदेखि पुन: विहान नै पठनपाठन हुन
थालेको छ ।


दिउँसो पठनपाठन गर्न असम्भव भएको भन्दै शुक्रवार विद्यार्थी सहित नगर प्रमुखको कार्यलयमा पुगेका थिए । करिव २५ विद्यार्थी एकसाथ दिउँसो पढ्नु पर्दा भौतिक संरचनाले नथेग्ने प्रधानाध्यापक कुमार पौडेलले बताए । शिक्षक व्यवस्थापनमा पनि दिउँसो कक्षा सञ्चालन गर्न समस्या भएको विद्यालयको भनाइ छ । यो विद्यालयका विद्यार्थीले आदर्शलाई मात्र नगरपालिकाले बढी दबाब दिएको जनाएका छन् ।


नगरपालिकाले भने शिक्षा ऐनअन्तर्गत हरेक विद्यालयले क्षमता अनुसार मात्र विद्यार्थी भर्ना गराउनु पर्ने र गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने भएकाले यो नियम लगाएको जनाएको छ । शनिबार सम्पन्न नगरपालिका र विद्यालयपक्षबीच भएको छलफलले कार्यदल गठन गर्दै विद्यालयको भौतिक संरचना, विद्यार्थी संख्या, कर्मचारी संख्या र अव अवलम्बन गर्नुपर्ने नीतिबारे अध्ययन गर्नेछ ।

प्रकाशित : भाद्र ६, २०७५ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?