१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

सार्वजनिक शौचालय प्रयोगविहीन

तेह्रथुम — दशकअघि छथर गाउँपालिका केन्द्र शुक्रबारे बजारमा निर्माण गरिएको सार्वजनिक शौचालय प्रयोग नहुँदै भत्किने अवस्थामा पुगेको छ । निर्माण सम्पन्न भएको लामो समयसम्म पनि प्रयोगमा नआउँदा शौचालय भत्किने अवस्थामा पुगेको हो ।

सार्वजनिक शौचालय प्रयोगविहीन

बजार क्षेत्रमा निर्माण गरिएको सार्वजनिक शौचालय प्रयोगमा नआउँदा बाहिरबाट आउनेहरूलाई सुरक्षित शौच गर्न समस्या भएको छ । शौचालय निर्माणपछि सफाइ कर्मचारी व्यवस्था गर्न नसक्दा शौचालय प्रयोगमा आउन नसकेको निर्माण समितिले जनाएको छ । केही स्थानीयले भने पायक पर्ने स्थानमा शौचालय नबनाएकाले पनि प्रयोगमा नआएको बताएका छन् ।

तेह्रथुम हङङ्ग सम्पर्क मञ्चको करिब ३ लाख रुपैयाँ लागतमा शौचालय निर्माण गरिएको बजार व्यवस्थापन समिति सचिव धामबहादुर कार्कीले बताए । चारकोठे शौचालयमा अहिलेसम्म चाबी लगाएर राखिएको छ । निर्माण समिति सदस्य धर्म खुलालले स्रोत अभावमा सफाइ कर्मचारी नियुक्ति गर्न नसक्दा शौचालय प्रयोगमा ल्याउन नसकिएको बताए ।

शौचालय सफाइ गर्ने कर्मचारीले मासिक १० हजारभन्दा बढी तलब माग्ने गरेकाले समस्या भएको उनको भनाइ छ । सफाइ कर्मचारी व्यवस्थाका लागि स्रोतको खोजी भइरहेको खुलालले बताए ।

बजार क्षेत्रको एक मात्र सार्वजनिक शौचालय प्रयोगमा नआउँदा यात्रु र हाटबजार भर्न आउनेलाई शौच गर्न समस्या भएको छ ।

प्रकाशित : भाद्र ७, २०७५ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?