कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एभोकाडोको माग बढी

धनकुटा — राम्रो आम्दानी हुन थालेपछि एभोकाडोको व्यावसायिक खेती हुन थालेको छ । पछिल्लो समय एभोकाडोका बिरुवाको माग अत्यधिक हुन थालेको छ ।

एभोकाडोको माग बढी

दुई महिनामा मात्र एभोकाडोका ८० लाखभन्दा बढीका बिरुवा बिक्री भएका छन् । ४० हजार एभोकाडोका बिरुवा बिक्री भए ।

धनकुटा ७ का नर्सरी व्यवसायी भरत गुरागाईंले आफ्नो नर्सरीबाट मात्र २ महिनामा साढे ६ लाख मूल्यको एभोकाडोका बिरुवा बिक्री भएको बताए । उनले ६ हजार ५ सय बिरुवा बिक्री गरेका थिए । ‘बिरुवाको माग धेरै छ,’ उनले भने, ‘गत वर्षभन्दा यसपटक बिरुवाको माग चार गुणा बढी छ ।’ यस्तै धनकुटा ३ का नरेन्द्र कार्कीले पनि ४ हजार एभोकाडोका बिरुवा बिक्री गरेको बताए । उनले यसबाट करिब ४ लाख आम्दानी गरे । धनकुटा ३ पात्लेका गोपाल वाग्लेले पनि बिरुवा बिक्रीबाट मनग्य आम्दानी गरेको बताए ।

यस अवधिमा करिब ८० लाख बढी मूल्यको एभोकाडो बिरुवा बिक्री भइसकेको कृषि विज्ञ तथा एभोकार्डो खेतीका अभियन्ता जीवन राईले बताए । एभोकाडोका बिरुवा प्रतिगोटा औषत २ सयले बिक्री हुने गरेको छ ।

धनकुटामा वार्षिक ८० मेट्रिकटन एभोकाडो उत्पादन भएको थियो । नगर क्षेत्रभित्र ३ हजार ७ सय ६४ एभोकाडोका बोट छन् । नगर क्षेत्रबाट मात्र वार्षिक ७७ हजार ७ सय ५० केजी फल उत्पादन हुन्छ भने यसबाट एक करोड बढीको कारोवार हुने गर्छ । नगर क्षेत्रमा एक लाख बिरुवा रोप्ने योजना छ । नगर क्षेत्रका १ हजार ९ सय ६२ परिवारले व्यावसायिक रूपमा यसको खेती गर्न थालेका छन् ।

धनकुटा नगरपालिकाले आफ्नै लगानीमा एभोकाडो नर्सरी लगाएको छ । बिरुवाको माग अत्यधिक भएपछि नपाले यस्तो गरेको हो । यसै वर्षदेखि दक्ष प्राविधिकको सहयोगमा १० हजार बिरुवा उत्पादन गर्ने लक्ष्य लिएको नपाले जनाएको छ ।

प्रकाशित : भाद्र ८, २०७५ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?