३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

पर्यटक तान्दै घोर्ले झरना

संखुवासभा — पाँचखपन नगरपालिकामा रहेको १ सय ९१ मिटर उचाइको घोर्ले झरनामा आन्तरिक पर्यटकहरूको घुइँचो लाग्न थालेको छ । सदरमुकाम खाँदबारीवाट ३ घण्टाको यात्रामा झरना पुगिन्छ ।

पर्यटक तान्दै घोर्ले झरना

रमणीय स्थलमा पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकहरूको चहलपहल बढेको छ ।

स्याबुनको कुसुवा खेलाबाट बग्ने यो झरनाको सबैभन्दा माथिको पानीको छाँगा ९ मिटर, त्यसभन्दा तलको ६५ मिटर र अन्तिमको १ सय १७ मिटर लामो छ । यो झरनाको प्रचारप्रसार र सम्भावनाबारे अध्ययन समेत भइरहेको पाँचखपनका प्रमुख विपीन राईले बताए । झरनालाई पर्यटकीय गन्तव्यको बनाउन १० लाखको लागतमा ट्रयाक खोल्ने काम भएको छ ।

चैनपुर–बाह्रविसे सडक खण्डको जौबारीबाट झरना जाने डाँडागाउँसम्म ट्रयाक खोलिएको हो । झरना जौंबारीबाट झन्डै ११ किलोमिटर उत्तर–पूर्वमा पर्छ ।झरना हेर्नका लागि आउने पर्यटकको संख्या वृद्धि भएसँगै २ सय ७० मिटरमा ढुंगाको सिँढी निर्माण गरिएको छ । वनभोज खान आउने र छाँगाको मनोरञ्जन लिनेहरू त्यतिकै भेटिन्छन् । विशेष गरि बिदाका दिन यहाँ आन्तरिक पर्यटक आउने गर्छन् । कति पर्यटक यहाँ आउछन् भन्ने यकिन तथ्यांक भने कसैले राखेका छैनन् ।

झरना र त्यस वरिपरिका रमणीय दृश्य देखिन्छ । जंगलको बाटो भएर झरना पुगिने भएकाले त्यस क्षेत्रमा विभिन्न जीवजन्तु चराचुरुंगीको दृश्यावलोकन गर्न पनि पाइन्छ । जैविक विविधताले भरिपूर्ण संखुवासभामा विश्वकै होचो अरुण उपत्यका र पाँचौ अग्लो मकालु हिमालको पनि दृश्यावलोकन गर्न पाइन्छ । त्यही विश्वकै होचो अरुण उपत्यकामा नै काडे भ्याकुर पाइन्छ । यो चरा अरुण उपत्यकाभन्दा अरू ठाउँमा पाइँदैन । यति मात्र होइन यहाँ विभिन्न प्रजातिका गुँरास फुलेको देख्न सकिन्छ ।

प्रकाशित : भाद्र १०, २०७५ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?