१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३
प्रदेश १

Pradesh-1

बलात्कारको आरोपमा तीन जना पक्राउ

इनरुवा बस्ने एक किशोरी बलात्कार गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको रामधुनी नगरपालिका–२ बस्ने १९ वर्षीय राहुल मगर, सोही वडा बस्ने १९ वर्षीय महमद जन्नत मिया र २१ वर्षीय भोला परियार रहेका छन् । 

बलात्कारको आरोपमा तीन जना पक्राउ

सुनसान बन्दै दिक्तेल

दिक्तेल बजारका जुन पसलमा गए पनि व्यापार घटेको गुनासो सुनिन्छ । कतिपय पसलका सञ्चालकले पसलै बन्द गर्नुपर्ने अवस्था आएको पनि बताउँछन् । साना पसलेहरूको त हातमुख जोड्नै हम्मे परेको गुनासो छ ।

सुनसान बन्दै दिक्तेल

वडा कार्यालय पुग्न ४ घण्टा

सहिदभूमि गाउँपालिकाको १ का बासिन्दा वडा कार्यालय पुग्नुपर्दा चार घण्टा हिँड्नुपर्छ । सानो कामका लागि पनि वडा कार्यालय पुगेर फर्कंदा पूरै दिन बित्ने गरेको स्थानीयको गुनासो छ ।

वडा कार्यालय पुग्न ४ घण्टा

निकासा रोकियो

कोष तथा लेखा नियन्त्रण कार्यालयले दसवटै स्थानीय तहहरूको बजेट निकासा रोकेको छ । स्थानीय तहहरूले आर्थिक वर्ष ०७४/७५ को कार्यक्रम, बजेट र खर्च विवरण पेस नगरेपछि निकासा रोकेको हो ।

निकासा रोकियो

किसानले बेच्न छाडे तरकारी

यतिबेला किसानको खेतबारीमा दुई रुपैयाँ किलो घिरौंला पाइन्छ । भिन्डी पनि सस्तो । तर बजारमा उपभोक्ताले ताजा घिरौंला २० देखि ३० रुपैयाँ प्रतिकिलोमा किन्नुपर्छ ।

किसानले बेच्न छाडे तरकारी

कम उमेरमै आमा बन्दै

भर्खरै कार्यान्वयनमा आएको मुलुकी संहिताले विवाह गर्ने उमेर महिला पुरुष दुवैलाई २० वर्ष तोकेको छ । यसअघि महिलाले १८ र पुरुषले २० वर्षमा विवाह गर्न पाउँथे ।

कम उमेरमै आमा बन्दै

‘मिस प्लस टु’ धरानमा

विग इभेन्ट नेपालको आयोजनामा हुन लागेको मिस प्लस टु २०१८ दोस्रो सिजनको शनिबार पहिलो अडिसन पूरा भएको छ । प्लस टु का विद्यार्थीहरूलाई लक्षित अडिसनमा ३४ छात्राले सहभागिता जनाएका थिए ।

‘मिस प्लस टु’ धरानमा
भाद्र १०, २०७५

सेक्युरिटी गार्डको हत्या

विराटनगर २ स्थित बिक्की हार्डवेयर पसलमा भदौ २ को राति सेक्युरिटी गार्ड ५१ वर्षीय टंकप्रसाद भट्टराईको हत्या पैसा लेनदेनको विवादमा भएको खुलेको छ । उनको हत्या आरोपमा विराटनगर ४ जामुनगाछीका २६ वर्षीय संजय सहनीलाई प्रहरीले आइतबार पक्राउ गरी पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । 

सेक्युरिटी गार्डको हत्या

‘क्रसरलाई प्रदेश सरकारले नियमन गर्छ’

प्रदेश १ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियैतले प्रदेश सरकारले क्रसर उद्योगलाई नियमन गर्ने बताएका छन् । 

‘क्रसरलाई प्रदेश सरकारले नियमन गर्छ’

बिरामीको चाप थेग्न हम्मे

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सी कक्ष साँघुरिएर बिरामीको चाप थेग्न सकेको छैन । अर्कोतिर सबै आन्तरिक प्रक्रिया पूरा गरेर इमर्जेन्सी कक्ष विस्तारका लागि खुला जमिनमा भवन निर्माणका लागि जग खन्दा खन्दै ‘माथिको’ आदेश भनेर रोकियो ।

बिरामीको चाप थेग्न हम्मे

विदेश छाड्दै युवा खेतीमा

स्वदेशमै मनग्य कमाइ हुन थालेपछि वैदेशिक रोजगारी छाडेर युवाहरू गाउँ फर्कन थालेका छन् । मोरङका विभिन्न गाउँका युवाहरू अहिले तरकारी खेतीका साथै अन्य व्यापार गरेर वैदेशिक रोजगारीमाभन्दा दोब्बर आम्दानी गरिरहेका छन् ।

विदेश छाड्दै युवा खेतीमा

अल्झियो प्रशासकीय कार्यविधि

प्रदेश सभा बैठक सुरु हुनासाथ सदनमा पेस भएको प्रशासकीय कार्यविधिसम्बन्धी विधेयक महिनौंदेखि अल्झिएको छ । उक्त विधेयक दफावार छलफलका लागि भन्दै विषयगत समितिमा पठाइएको थियो ।

अल्झियो प्रशासकीय कार्यविधि

फोहोरमाथि फूलबारीमा बैठक

सामान्यत: सरकारी कार्यालयका प्रमुखको बैठकस्थल भन्नासाथ आरामदायी सोफा, कुर्सी र कार्पेट ओच्छाएको विशेष कक्ष सहज अन्दाज गर्न सकिन्छ ।

फोहोरमाथि फूलबारीमा बैठक

पर्यटक तान्दै घोर्ले झरना

पाँचखपन नगरपालिकामा रहेको १ सय ९१ मिटर उचाइको घोर्ले झरनामा आन्तरिक पर्यटकहरूको घुइँचो लाग्न थालेको छ । सदरमुकाम खाँदबारीवाट ३ घण्टाको यात्रामा झरना पुगिन्छ ।

पर्यटक तान्दै घोर्ले झरना