१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

‘मिस प्लस टु’ धरानमा

सुनसरी — विग इभेन्ट नेपालको आयोजनामा हुन लागेको मिस प्लस टु २०१८ दोस्रो सिजनको शनिबार पहिलो अडिसन पूरा भएको छ । प्लस टु का विद्यार्थीहरूलाई लक्षित अडिसनमा ३४ छात्राले सहभागिता जनाएका थिए ।

‘मिस प्लस टु’ धरानमा

धरान अडिसनमा सुनसरी, धनकुटा, भोजपुर लगायत जिल्लाको प्रतिनधित्व गर्दै विद्याथीले भाग लिएका थिए । अडिसनवाट २५ विद्यार्थी छनौट गरिने र केही छात्रालाई वैकल्पिक रूपमा पनि छनौट गरिने कार्यकक्रमका संयोजक सन्तोष राईले बताए ।

निर्णायकको भूमिकामा मिस प्लस टु २०१७ कि विजेता सिमरन तुलाधर, महिला अधिकारकर्मी तथा महिला सञ्जाल धरानकी अध्यक्ष सविता राई, विग इभेन्टका डाइरेक्टर तथा कोरियोग्राफर डिजे ललित राईलगायत रहेका थिए ।

अडिसनपछि कार्यक्रमको दोस्रो चरणमा छनौट भएकाहरू र उनीहरूको अविभावकसँग अन्तरक्रिया अयोजना गरिने र उनीहरूलाई बन्द प्रशिक्षणमा राखिने राईले बताए । उनका अनुसार छनौट भएकालाई महिला सशक्तीकरण तथा महिला अधिकार कक्षा, उद्घोषकला तालिम, प्रभावकारी भाषण कला तालिम, व्यक्तित्व विकास तालिम, महिला स्वास्थ्य, समस्या र समाधान कक्षा, आधारभूत पत्रकारिता र पर्यटन प्रवद्र्धन, टेवल शिष्टाचार, र्‍याम्प वक, सौन्दर्य कला, नृत्यकलालगायत विषयमा विज्ञहरूबाट करिव तीन हप्ता प्रशिक्षण दिइनेछ ।

प्लस टुका विद्यार्थीमा भएको क्षमता अभिवृद्धि, पहिचान र अवसरका लागि अयोजित कार्यक्रमको ग्रान्ड फिनाले असोज १३ मा धरान ८ स्थित सभागृहमा हुनेछ । मिस प्लस टु दोस्रो सिजन ग्रान्ड फिनालेका विजेताले पुरस्कार स्वरूप नगद ४५ हजार, फस्ट रनरअपले २५ हजार र सेकेन्ड रनरअपले १५ हजार पाउने बताइएको छ ।

फाइनल प्रवेश गर्ने ५ प्रतिस्पर्धीले चार वर्षे स्नातक तह नि:शुल्क छात्रावृत्ति प्राप्त गर्नेछन् । व्यक्तिगत टाइटल उपाधिमा मिस ट्यालेन्ट, मिस व्युटिफुल, मिस फ्रेन्डशीप, मिस वेस्ट वक, मिस स्माइल, मिस पर्सनालिटी, मिस वेस्ट ड्ेरस, मिस फोटोजेनिक र मिस डिसिप्लिन उपाधि छ ।

प्रकाशित : भाद्र ११, २०७५ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?