फरार वडा सदस्य पक्राउ

रासस

उर्लाबारी, मोरङ — उर्लाबारी नगरपालिका वडा नं ६ का वडा सदस्य सचिन शाक्य खेलाडीलाई छुरा प्रहार गरेको आरोपमा पक्राउ परेका छन् । 

फरार वडा सदस्य पक्राउ

आइतबार राति ११ बजे उर्लाबारी-४ बाट शाक्यलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।


मोरङ-११ मा आबद्ध फुटबल खेलाडी २७ वर्षीय विशाल तामाङमाथि छुरा प्रहार गरी शाक्य फरार रहेको आरोप लगाइएको छ ।


४० वर्षीय शाक्यलाई जिल्ला अदालतमा ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाइएको छ ।


उर्लाबारी-५ स्थित एरोमा होटलमा गत असार ७ गते विश्वकप फुटबल हेर्ने क्रममा विवाद हुँदा शाक्यले छुरा प्रहार थिए । उर्लाबारी जेसिजका अध्यक्ष शाक्य निर्माण व्यवसायी पनि हुन् ।

प्रकाशित : भाद्र ११, २०७५ १५:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?