कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

गाडी दुर्घटनामा एकको मृत्यु, २५ घाइते [अपडेट]

रमेशचन्द्र अधिकारी

धनकुटा — सुनसरीको इनरुवाबाट नमस्ते झरना भ्रमणमा जाँदै गरेको गाडी बुधबार बिहान कोलबोटेमा दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको छ । अन्य २५ यात्रु घाइते भएका छन् ।

गाडी दुर्घटनामा एकको मृत्यु, २५ घाइते [अपडेट]

झरना अवलोकनका लागि जानेक्रममा बिहान ११ बजे को.१ ख ३५८३ नं.को बस कोसी राजमार्गको धरान धनकुटा सडक खण्डअन्तर्गत साँगुरीगढी गाउँपालिका ६ कोलबोटेमा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये बराहक्षेत्र नगरपालिका ९ का ४८ वर्षीय राजेन्द्र चन्द्रवंशीको धरानमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।


दुर्घटनामा इनरुवा नगरपालिका ४ का ६५ वर्षीय खड्गबहादुर नेपाली, झोक्राहानरसिंह गाउँपालिका ९ का २८ वर्षीय श्रवण मेहता र र ३० वर्षीय रामकुमार मेहता गम्भीर घाइते भएका छन् । घाइतेको प्रहरी तथा स्थानीयबासीले उद्धार गरेका थिए । घाइतेमध्ये १७ जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र अन्यको भेडेटार स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । बस चालक प्रकाशपुर बराह नगरपालिका १० का भीमसेन कविरथ फरार रहेको प्रहरीले जनाएको छ ।


ओरालोमा गाडी अनियन्त्रित भई सडक छेउको भित्तामा ठोक्किएको थियो । ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीको अनुमान छ ।

प्रकाशित : भाद्र १३, २०७५ १४:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?