चन्द नेतृत्वको नेकपाका ११ कार्यकर्ता पक्राउ

आनन्द गौतम

ताप्लेजुङ — नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ११ कार्यकर्ता पक्राउ परेका छन् । उनीहरुलाई इलामको सूर्योदय गाउँपालिका ५ साल्वुङबाट पक्राउ गरिएको हो ।

इलामका प्रहरी उपरीक्षक माधव श्रेष्ठले पक्राउको पुष्टि गरे पनि सबैको नाम सार्वजनिक भएको छैन। प्रहरीले उनीहरुलाई दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

Yamaha

यसअघि देवनारायण शाह, दिपेश राई, किरण राई, चन्द्रबहादुर खड्का र टेकबहादुर केसी पक्राउ परेको नेकपाको दाबी छ।

Esewa Pasal

प्रकाशित : भाद्र १४, २०७५ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

रेडहर्सको विजयी सुरुवात

आनन्द गौतम

ताप्लेजुङ — पाथीभरा गोल्डकप फुटबल प्रतियोगितामा रेडहर्स इलामले विजयी सुरुवात गरेको छ । शुक्रबार भएको उद्घाटन खेलमा ताप्लेजुङको कञ्चनजंघा फुङलिङ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै इलाम अघिल्लो चरणमा प्रवेश गरेको हो ।

इलामका सञ्जय धिमालले पहिलो हाफको ३३ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । धिमालले डिबक्स भित्रबाटै गोलरक्षकलाई छक्याउँदै गोल गरे । खेलको म्यान अफ द म्याच इलामका निरोज बस्नेतले ५ हजार नगद प्राप्त गरे । इलामले सोमबार झापाको रेड स्टारसँग प्रतिस्पर्धा गर्नेछ ।

शनिबार ताप्लेजुङकै कर्णसिंह सोनाम र पाँचथरको फिदिम स्पोर्टिङ क्लबबीच आमनेसामने हुँदैछ । १० टिम सहभागी प्रतियोगितामा न्यु स्टार झापा, भारत सिक्किमको युनाइटेड खर्साङ, राष्ट्रिय जागृति क्लब सुनसरी, डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइज क्लब काठमाडाैं र एम्ब्रोज क्लबले पनि सहभागिता जनाएका छन् ।

झापा–११, मनाङ–मस्र्याङ्दी, थ्री–स्टारलगायत क्लबका नाम चलेका खेलाडीले पनि खेल्ने बताइएको छ । प्रतियोगिताको उपाधि विजेताले तीन लाख र उपविजेताले एक लाख ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रकाशित : भाद्र ९, २०७५ ०७:४७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्