पहिरोले पुरिएर एकै घरका चारको मृत्यु

कुम्भराज राई

ओखलढुंगा — बुधबार राति पहिरोले घर पुरिँदा मोलुङ गाउँपालिका–८ मा चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय पूर्णबहादुर राई र उनकी श्रीमती ४० वर्षीया धनकुमारी राई, ५५ वर्षीया मित्रमाया राई र ३ वर्षीय बालक छन् ।

प्रहरी र स्थानीयले उनीहरुको शव निकालिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Yamaha

Esewa Pasal

प्रकाशित : भाद्र १४, २०७५ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बिमस्टेकमा भाग लिन आइपुगे यी राष्ट्र र सरकार प्रमुख

कान्तिपुर संवाददाता

काठमाडौँ — बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा भाग लिन बंगलादेशकी प्रधानमन्त्री शेख हसिना बाजेद, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना, थाइल्यान्डका प्रधानमन्त्री प्रायुत व चा, म्यानमारका राष्ट्रपति विन मिन्ट, भुटानका अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष छिरिङ तोग्वे काठमाडौं आइसकेका छन् ।

म्यानमारका प्रधानमन्त्री सम्मेलन सुरु हुने दुई दिनअघि १२ गते नै काठमाडौं आइपुगेका हुन्। श्रीलंकाका राष्ट्रपति र भुटानका प्रधानमन्त्री १३ गते आइपुगे। भारत, बंगलादेश र थाइल्यान्डका प्रधानमन्त्री भने सम्मेलन सुरु हुने दिन १४ गते बिहान काठमाडौं ओर्लिए।
बंगलादेशकी प्रधानमन्त्रीशेख हसिना बाजेद ।

उनीहरू सबैले १४ गते दिउँसो शीतल निवासमा राष्ट्रपती विद्यादेवी भण्डारीसँग भेटघाट गर्दैछन्। राष्ट्रपति कार्यालयले उनीहरूको स्वागतका लागि दिवाभोजको आयोजना गरेको छ।
भुटानका अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष छिरिङ तोग्वे ।

दिवा भोज सकिएसँगै होटल सोल्टिमा बिमस्टेक उद्घाटन हुनेछ। अध्यक्ष राष्ट्र भएको नाताले प्रधानमन्त्री ओलीले उद्घाटन गर्दैछन्।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ।

म्यानमारका राष्ट्रपति विन मिन्ट ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली ।

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना ।

थाइल्यान्डका प्रधानमन्त्री प्रायुत व चा ।

प्रकाशित : भाद्र १४, २०७५ ११:१४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT