कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पुनर्निर्माण २५ प्रतिशतमात्र

ओखलढुंगा — भूकम्प गएको ३ वर्ष २ महिनाको अवधिमा अति प्रभावित १४ जिल्लामा पुनर्निर्माण २५ प्रतिशत मात्र पूरा भएको छ ।

पुनर्निर्माण २५ प्रतिशतमात्र

‘ट्रान्सपरेन्सी इन्टरनेसनल’ को प्रतिवेदनमा कुल लाभग्राहीमध्ये ३५ प्रतिशतले घर निर्माणमा जगमात्र हालेको, २४ प्रतिशतले डीपीसीसम्म तयार गरेको उल्लेख छ । त्यसैगरी १६ प्रतिशतले १ तला घर निर्माण गरेको उल्लेख छ । १४ जिल्लामध्ये भक्तपुरमा ६२, गोरखामा ५७, मकवानपुर र ओखलढुंगामा ५० प्रतिशतले जग मात्र हालेका छन् ।

सिन्धुलपाल्चोकमा ४१, दोलखामा ४० र सिन्धुलीमा ३९ प्रतिशतले जग हालेका छन् । त्यसैगरी डीपीसी सम्पन्न गर्नेमा रसुवामा ७०, धादिङमा ४३, काठमाडौंमा ३६, काभ्रेमा २७, सिन्धुली र नुवाकोमा २४ प्रतिशत छन् ।


धादिङमा ५० प्रतिशत घर मात्र पुनर्निर्माण सुरु नै देखिएको छ । सिन्धुली र भक्तपुरमा ९८ प्रतिशतले समयमै पुनर्निर्माण सुरु गरेका थिए । ओखलढुंगामा ९७ प्रतिशतले समयमा पुनर्निर्माणको काम थालेका थिए । भूकम्पले कुल १४ जिल्लाका १२ प्रतिशत घरधुरीमा मानवीय क्षति भएको थियो ।


ओखलढुंगा, रसुवा, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट र धादिङमा स्वास्थ्य संस्थामा बढी क्षति भएका थिए । त्यसमध्ये काभ्रेमा १३ दशमलव ७, नुवाकोटमा १० दशमलव ४ र धादिङमा १० दशमलव ३ प्रतिशत स्वास्थ्य संस्था क्षति भएको ट्रान्सपरेन्सीको अध्ययन प्रतिवेदनमा छ । पुनर्निर्माणका लागि प्राप्त अनुदानमध्ये रामेछाप, दोलखा, मकवानपुर, भक्तपुर, नुवाकोट र रसुवामा शतप्रतिशत सरकारी स्रोत भएको उल्लेख छ । अन्य जिल्लामा भने दातृ राष्ट्र र गैरसरकारी संस्थाले पनि सहयोग गरेका छन् ।

प्रकाशित : भाद्र १५, २०७५ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?