प्रदेश १

Pradesh-1

बढ्दै बलात्कार

गत साता १३ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा सुनसरी बराहक्षेत्र ८ का ३६ वर्षीय लालबहादुर बस्नेत पक्राउ परे । बस्नेतसँग बयान लिने काम भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर जीवन तामाङले बताए ।

बढ्दै बलात्कार

सहकारी संस्थामा ठगी गर्नेहरु विरुद्ध मुद्दा दायर

बचत तथा ऋण सहकारी संस्थामा ठगी गर्नेहरु विरुद्ध प्रहरीले मुद्दा दायर गरेको छ । ५ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले संस्थाका ९ जना सञ्चालकविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको हो ।

सहकारी संस्थामा ठगी गर्नेहरु विरुद्ध मुद्दा दायर

धरानमा युवतीको शंकास्पद मृत्यु

धरान–१८ बुद्धचोकस्थित कान्तिपुर होटलमा एक अविवाहित युवतीको शंकास्पद मृत्यु भएको छ । २८ वर्षीया रिता राईको शंकास्पद मृत्यु भएको हो । मृतकको घर धरान–१९ चौकीबारीमा पर्छ ।

धरानमा युवतीको शंकास्पद मृत्यु

विद्यार्थीमा मास हिस्टेरिया

उर्लाबारी नगरपालिका १ स्थित शारदा माध्यमिक विद्यालयका विद्यार्थी अचानक चिच्याउने, कराउने गर्दै बेहोस हुने समस्या देखिएको छ । 

विद्यार्थीमा मास हिस्टेरिया

हिलाम्य मैदानमा फुटबल

लाखे जात्रा खेल सञ्चालक समितिले गत वर्ष भदौमा हुने फुटबल प्रतियोगिता मंसिरमा सार्ने कि भन्ने सोच बनायो । बर्खायाम, बर्सेनि हुने हिलाम्य मैदान जस्ता कारण केही समय धकेल्ने र हिउँदयाममा सुरु गर्ने भनिए पनि अन्तत: प्रतियोगिता सरेन ।

हिलाम्य मैदानमा फुटबल

अस्तव्यस्त हाटबजार

सदरमुकाममा साप्ताहिक रूपमा लाग्दै आएको हाट व्यवस्थित हुन सकेको छैन । हाट लाग्ने टुँडिखेल हिलाम्मे भएपछि किन्ने र बेच्नेलाई समस्या हुँदै आएको छ ।

अस्तव्यस्त हाटबजार

यौन दुर्व्यवहार घटना बढे

यौन दुर्व्यवहारका घटना जिल्लामा बढेका छन् । यो आर्थिक वर्षमा ६ वटा यस्ता घटना भएका छन् । अशक्त, बालबालिका यौन दुर्व्यवहारमा परेको तथ्यांक छ ।

यौन दुर्व्यवहार घटना बढे
भाद्र १५, २०७५

अार्थिक अभावले ५ महिनादेखि फलामे साङ्लाेमा

दुवै हातखुट्टा फलामे सांग्लाले खम्बामा बाँधेर पशुलाई झैँ राखिएको छ । लाउँलाउँ खाउँखाउँ उमेरमा उनको कष्टकर दैनिकी देख्नेलाई पीडा बोध हुन्छ । आर्थिक अभावमा उपचारबाट वञ्चित २१ वर्षीय युवकको अवस्था विगत ५ महिनादेखि कष्टकर बन्दै गएको छ ।

अार्थिक अभावले ५ महिनादेखि फलामे साङ्लाेमा

महानगर जलमग्न

प्रदेश १ को अस्थायी राजधानी रहेको विराटनगर महानगरपालिकामा व्यवस्थित निकास नहुँदा बुधबार राति परेको पानीले जलमग्न भएको छ । पानीले महानगरका अधिकांश सडक, पसल, बजार, विद्यालय, क्याम्पस, उद्योग, कलकारखानालगायत टोलबस्ती डुबानमा परेका छन् ।

महानगर जलमग्न

४ दशकपछि सडक

याक्ते गाउँका ७८ वर्षीय जीतबहादुर आठपहरिया घरको आँगनबाटै पहिलोपटक मोटर चढेर सदरमुकाम पुगे । आफ्नो गाउँमा मोटरबाटो आइपुग्छ भन्ने कमै आशा गरेका उनी यसरी घरआँगनबाटै गाडी चढ्न पाउँदा खुसीको सीमा नाघेको बताउँछन् ।

४ दशकपछि सडक

रोपाइँ जात्राको रमझम

मलेसिया ११ वर्ष बसेर भर्खरै फिरेका इलाम सदरमुकामका बुद्धिमान राई बिहीबार रोपाइँमा साँच्चै व्यस्त देखिए । झिमझिम पानीसँगै बाहुसे गर्न व्यस्त राई अघि गोरुहली र पछि रोपाहर लगाएर धपेडीमा देखिन्थे । लामो समयसम्म विदेशमा विताएका न्यास्रोपन मेटाउन पनि उनलाई यो रोपाइँ रमाइलो लागिरहेको थियो ।

रोपाइँ जात्राको रमझम

प्रदेश राजधानीमा जाम

नयाँ महानगर एवं प्रदेश १ को अस्थायी राजधानी विराटनगरमा सवारी साधनको जाम बढेको छ । प्रदेशसभा सचिवालय वरिपरिका निर्माणाधीन सडकले गर्दा हस्पिटल चोक, रंगशाला एवं जिल्ला प्रशासन कार्यालयको सडकमा सवारीको चाप बढेको हो ।

प्रदेश राजधानीमा जाम