कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिलाम्य मैदानमा फुटबल

फुटबलप्रति आकर्षण तर पूर्वाधारको अभाव
लाखे जात्राको अवसरमा आधा शताब्दीदेखि निरन्तर प्रतियोगिता
आनन्द गौतम

ताप्लेजुङ — लाखे जात्रा खेल सञ्चालक समितिले गत वर्ष भदौमा हुने फुटबल प्रतियोगिता मंसिरमा सार्ने कि भन्ने सोच बनायो । बर्खायाम, बर्सेनि हुने हिलाम्य मैदान जस्ता कारण केही समय धकेल्ने र हिउँदयाममा सुरु गर्ने भनिए पनि अन्तत: प्रतियोगिता सरेन ।

हिलाम्य मैदानमा फुटबल

यसपालि रक्षाबन्धन अर्थात जनै पूिर्णमाको आसपासमा प्रतियोगिता गरिने निधो भयो । टिकटदर उद्घाटनदेखि सेमिफाइनलसम्म जनही एक सय, सेमिफाइनल अवधिभर १ सय ५० र फाइनलका लागि २ सय निर्धारण गरियो । टिकटदर गत वर्षको भन्दा बढेपनि सेमिफाइनल चरणको खेल सञ्चालन हुँदासम्म दर्शकमा कुनै कमी आएन ।

आधा शताब्दी पुग्न लागेको प्रतियोगिता ‘ब्राण्ड’ बनेको अनुभूति आयोजकलाई भएको छ । वर्षमा एकपटक आयोजना गरिने यो प्रतियोगिता ०२९ सालदेखि निरन्तर सञ्चालन हुँदै आएको हो ।

पूर्व खेलाडी भरतकुमार गुरुङका अनुसार जिल्लामा लामो ऐतिहास बोकेको यो एकमात्र प्रतियोगिता हो । माध्यमिक बिद्यालयको पढाइ सुरुभएसँगै फुटवलको इतिहास सुरु भएको गुरुङ बताउँछन् । ‘तोक्मेडाँडाँमा हाल नेपाली सेनाको ब्यारेक भएको ठाउमा पहिला भानु पब्लिक हाइस्कुल थीयो,’ गुरुङले फुटवलको इतिहास केलाउदै भने, ‘त्यही स्कुलको मैदानबाट ०२४ सालदेखि फुटवल सुरु भएको हो ।’

उनका अनुसार स्कुलको प्रांगडमा रहेको पोखरीलाई बिद्यार्थीले माटो लगाएर पुरेर खेल मैदान बनाएका हुन । फुटवलमा शोख भएका तत्कालिन शिक्षक वालकृष्ण श्रेष्ठले यसको अगुवाई गरेका थीए । विद्यार्थीले प्रत्येक दिन एक घण्टी पोखरी पुर्ने र मैदान बनाउने काममा खट्नु पर्थ्याे ।

श्रेष्ठका अलावा सरस्वती मावि हाङपाङका प्रधानाध्यापक गणेश राई, भानुजनका नरधवज सुब्बा, कुलमान इजम, कृष्ण, सिद्धिमान श्रेष्ठ जस्ता शिक्षकहरू राम्रो फुटवल खेलाडीको रुपमा कहलिन्थे ।

उनिहरू आफु खेल्थे र बिद्यार्थीलाई यसप्रति आकर्षित गराउथे । कक्षा कक्षा बिच अन्तर कक्षा, बिद्यालयमा गठन हुने सदनहरूविच अन्तर सदन फुटवल प्रतियोगिता हुन्थ्यो । जिल्लामा नेपाली सेनाको ब्यारेक भित्रिएपछि स्थानिय र सेना बिचको प्रतियोगिताले थप विकास गरेको सदरमुकाम फुङलिङका पुराना खेलाडी यादव श्रेष्ठ बताउँछन् ।

सुरुवाती समयमा ठुलाले वाहिर छालामा भित्रको ब्लडरमा पम्प हालेर खेल्थे । सानो उमेर समुहकालागी रवरको गोल पाइन्थ्यो । लाखे जात्राको अवसरमा सबैभन्दा पहिला ताप्लेजुङका खेलाडीले छिमेकी जिल्ला पाँचथर र तेह्थुमको संग्रान्ती वजारका खेलाडीसँग मैत्रीपूर्ण खेल खेलेका थिए ।

पहिलो खेल तेह्थुमको आठराइ सग्रान्तीसँग ०२५ सालमा भएको स्मरण गुरुङको छ । क्लवसँगको प्रतियोगिता भने पाँचथर फिदिम बजारको बागीना क्लवसँग भएको थियो । त्यो समयमा लाखेजात्रापनि बिद्यालयलेनै सञ्चालन गथ्र्यो । ताप्लेजुङलेपनि एउटा मजवुत टिम तयार पार्यो र जिल्ला वाहिर प्रतियोगितामा गयो । सबैभन्दा पहिला सग्रान्तीमा भएको मदन मेलामा गएको गुरुङ वताउँछन् ।

अहिलेको प्रतियोगिता भानुजन माविको मैदानमा हुँदै आएको छ । २०३० सालमा तोक्मेबाट अम्विटारमा बिद्यालय सारेपछि प्रतियोगिता पनि उतै सरेको हो । फुटवलको क्रेज भएकै कारण बिद्यालयले इलेभेन (११) साइजको मैदान बनाएको छ । जवकी जिल्लाको कुनैपनि ठाउँमा यो साइजको मैदान छैन ।


मैदानको तयारीसँगै वेलायतमा गएका नेपाली गोर्खालीको सकृयतामा ०२९ सालदेखि औपचारिक प्रतीयोगीता सुरु भएको हो । वेलायतमा रहेका सेभेन जिआरका सैनिकले शिल्ड र २० हजार रुपैयाँ तयार गरेका थिए ।

सुरुमा पाथीभरा च्यालेञ्ज शिल्डको नामवाट खेलाइएको थियो । लाहुरेहरूले तयार गरेकाले जनमानसमा लाहुरे कप भन्ने प्रचलन रहेको वुढापाका बताउँछन । त्यो समयमा मकरजंग मादेन, मेहरमान नेयोङहाङलगायतको सकृयता देखाएका थिए ।

फुटवलको नियम नजान्दा र संस्थागत बिकास नहुँदा गोलका बिषयमा बिबादपनि हुनेगरेको थियो । श्रेष्ठका अनुसार खेलकुदकै विषयमा एक अर्को जिल्लाका खेलाडीबिच बाटो ढुकाढुक गर्ने सम्मको अवस्था सृजना भएको थीयो । खेलाउने रेफ्रीपनि समस्यामा पर्थे ।

हाल भने फरक आएको उनी वताउँछन् । समानता भने एउटा कुरामा छ, ‘पहिलापनि मागेर चलाउनु पथ्र्यो, अहिलेपनि दाता गुहार्नु पर्छ ।’ हाल पुरस्कार राशी बढाइएको छ । बिजेताकालागी ३ लाख र उप बिजेतालाई १ लाख ५१ हजार रुपैयाँ रहेको छ । यो अघिल्लो बर्षको तुलनामा ५० हजार रुपैयाँ बढाइएको हो ।

प्रकाशित : भाद्र १६, २०७५ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?