कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

७५ वर्षमा १ कक्षा

‘६ सन्तान कुनैले पनि नपढेकाले पढ्ने रहर पलायो’
सानामा पढ्न नपाएको धोको पूरा गर्दै

खोटाङ — उमेर बढे पनि सपना भने बाँकी नै रहन्छन् । आफ्ना इच्छा पूरा गर्न ७५ वर्ष पुगेकी एक महिला कक्षा १ मा अध्ययन गरिरहेकी छन् ।

७५ वर्षमा १ कक्षा

खोटाङ केपिलासगढी गाउँपालिका बाक्सिलाकी जुरीमाया राई अघिल्लो महिना दिक्तेलस्थित सरस्वती माविमा भर्ना भएकी छन् ।

विद्यायलमा भर्ना भएपछि ३ देखि ८ वर्षसम्मका पनाति–पनातिनीको हाराहारीका साथीसँग अध्ययन गरिरहेकी छन् । उनलाई कक्षामा लेख्दा सानासाना साथीले कहिलेकाहीँ अक्षरै बिगारिदिन्छन् । उनले भनिन्, ‘यिनीहरूले हल्लाइदिएर मेरो अक्षर नै बिगारिदिन्छन् ।’ जुरिमायाले आफूसँग पढ्ने साथीलाई नियन्त्रण गर्दा हत्तु हुने गरेको बताइन् । ‘हाम्रो पालामा पढ्ने र पढाउने चलनै थिएन,’ उनले थपिन्, ‘मेरो श्रीमान् पल्टन हङकङमा हुँदा अलिअलि पढ्थें ।’ उनका श्रीमान् बृटिस सेना हुन् ।

एक वर्षदेखि दिक्तेल बजारमा कोठा भाडामा लिएर एक्लै बस्दै आएकी छन् । हाल विद्यालय जाने–आउने र खाना पकाउने खाने लगायतका दिनाचर्या छ उनको । उनी बिहान १० बजे नै विद्यालय पुग्छिन् र कक्षा कोठमा पस्छिन् । अनि खुरुखुरु पढ्न थाल्छिन् ।

चार छोरी र दुई छोराले पनि राम्रो नपढेकोमा जुलीमायालाई दु:ख लागेको बताइन् । नाति–नातिनी भने धेरै पढेको हेर्न चाहन्छिन् जुलीमाया । त्यसैले पनि आफूलाई पढ्ने रहर पलाएको बताइन् ।

आफूले नजानेको विषय सिक्न कुनै अप्ठेरो नमान्ने गरेको शिक्षक नुरकाजी सैंजुले बताए । अध्ययनमा चासो र नियमित उपस्थितिले छोटो समयमै लेख्न पढ्न सक्न थालेको सैजुको भनाइ छ । ‘७५ वर्षको आमालाई पढाउन पाउँदा गर्व लागेको छ ।’ सैंजुले भने, ‘वृद्धा आमा उत्साहका साथ पढ्न आउँदा हामी सबैलाई गौरव अनुभूति भएको छ ।’

प्रकाशित : भाद्र १६, २०७५ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?