३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

धरानमा युवतीको शंकास्पद मृत्यु

सुनसरी — धरान–१८ बुद्धचोकस्थित कान्तिपुर होटलमा एक अविवाहित युवतीको शंकास्पद मृत्यु भएको छ । २८ वर्षीया रिता राईको शंकास्पद मृत्यु भएको हो । मृतकको घर धरान–१९ चौकीबारीमा पर्छ ।

धरानमा युवतीको शंकास्पद मृत्यु

होटल नजिकै घर भएपनि २० दिनदेखि उनी उक्त होटलमा कोठा लिएर बस्दै आएकी थिइन् । होटलको कोाभित्र गएराति उनी मृत फेला परेकी थिईन् ।


ती युवती होटलमा एक्लै बस्दै आएको बताइएपनि उनी बसेको कोठामा चार जना युवाहरु नियमित आउने जाने गरेको होटल स्रोतले जनाएको छ । ती मध्ये प्रहरीले रोनिश श्रेष्ठलाई शनिबार प्रक्राउ गरेको छ ।


युवतीको आफन्तले पक्राउ परेका श्रेष्ठ विरुद्ध जवरजस्ती करणी, बन्धक बनाएको र कर्तव्य ज्यान मुद्दा लगाएका छन् ।


युवतीको शंकास्पद मृत्युको घट्ना सार्वजनिक भएलगतै इलाका प्रहरी कार्यालय धरानले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका फोरेन्सिक विज्ञसहितको टोली पुगेर अनुसन्धान गरेको थियो ।


घटनास्थलमा गरिएको प्रारम्भीक अनुसन्धानले मुत्यु शंकास्पद रहेको प्रहरी नायब उपरीक्षक सुमन तिम्सिनाले बताए । प्रहरी स्रोतका अनुसार उनीहरु दुवै लागूपदार्थको दुर्व्यसनी रहेका र यसअघि पनि पक्राउ परेका थिए ।


डिएसपी तिम्सिनाले भने, ‘पोष्टमार्टम रिपोर्ट नआएसम्म यसै भन्न सकिने अवस्था छैन । शवको अवस्था सामान्य देखिएको छ ।’


प्रहरीको प्रारम्भीक अनुमान अनुसार लागूपदार्थ प्रयोगकर्ता भएकाले ओभरडोजका कारण युवतीको मृत्यु भएको हुनसक्छ ।

प्रकाशित : भाद्र १६, २०७५ १७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?