१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

मोटरसाइकलको ठक्करबाट प्रध्यानाध्यापकको मृत्यु

चन्द्र कार्की

तेह्रथुम — मोटरसाइकले ठक्कर दिँदा पैदल हिँडिरहेका बसन्त माद्यामिक विद्यालयका प्रध्यानाध्यापक उद्धवबहादुर नेपालीको गए राति मृत्यु भएको छ । ससुराको मलामी गएर फर्किदै गरेका प्रअ नेपालीलाई मोरङको पथरीमा मोटरसाइकलले पछाडिबाट ठक्टर दिएको हो ।

मोटरसाइकलको ठक्करबाट प्रध्यानाध्यापकको मृत्यु

उनको घटनास्थलमै मृत्यु भएको ट्राफिक प्रहरी पोष्ट पथरीका ट्राफिक प्रहरी जवान मेघेन्द्र प्रधानले वताए ।


मलामी गएर पैदल फर्किदै गरेका प्रअ नेपालीसहित अन्य तीनजनालाई तिव्र गतिमा आइरहेको को ३ प ७९०९ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको हो । मोटरसाइकलको ठक्करबाट उछिटीएका नेपाली विपरीत दिशा बाट आउँदै गरेको बा १८ च ३४७ नम्बरको कारसँग ठोक्कीन पुगेका थिए ।


घाइते अन्यको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको छ । कास्कीको हसनपुर ४ घर भइ मोरङको लेटाङ बस्दै आएका मोटरसाइकल चालक २५ वर्षीय सञ्जय कामी पनि सख्त घाइते भएको प्रहरीले जनाएको छ । चालक कामीले अत्याधिक मादक पदार्थ सेवन गरेर मोटरसाईकल चलाएको प्रहरीले जनाएको छ ।


प्रकाशित : भाद्र १७, २०७५ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?