१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

रथयात्राको तयारी पूरा

रासस/याेन्हाप

विराटनगर — विराटनगरमा निकालिने श्रीकृष्णको रथयात्राको सम्पूर्ण तयारी पूरा भएको छ । विराटनगर राधाकृष्ण मन्दिरबाट सोमबार निकालिने रथयात्रा सञ्चालनका लागि मुख्यमार्गका ४३ स्थानमा विश्रामस्थल तोकिएको छ ।

रथयात्राको तयारी पूरा

त्यस्तै १९ उपसमिति बनाइएको मूल समारोह समितिका अध्यक्ष बाबुराजा ओझाले जानकारी दिए ।


आकर्षक सो रथ प्यागोडा शैलीको बनाइएको छ । रथको अग्रभाग जुवाबाट ७५ फिट दायाँबायाँ लामो लठ्ठा तान्ने डोरी लगाइएको छ भने रथयात्राको क्रममा हेलिकप्टरबाट पुष्प वृष्टि गराउने व्यवस्था मिलाइएको छ ।


रथयात्राको शोभा बढाउन नेपाल भारतका हजारौँ दर्शक सहभागी हुने भएकोले सो दिन प्रदेश सरकारले सुनसरी र मोरङ जिल्लामा बिदा दिने निर्णय गरेको छ ।


रथ निकालिने मार्गमा विराटनगर महानगरपालिकाले सडकमा देखिएका खाल्डाखुल्डी पुर्ने काम सम्पन्न गरेको प्रमुखका प्रेस सल्लाहकार कौशल निरौलाले जानकारी दिए ।


रथयात्राको क्रममा बजारमा हुने भीडलाई स्थानीयवासीले स्वस्फूर्त रुपमा चिसो पानी खुवाउने प्रचलन पनि छ ।

प्रकाशित : भाद्र १७, २०७५ १५:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?