कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राँके बजारमा आगलागी, २ करोड बराबरको क्षति

इलाम — इलाम र पाँचथरको सिमानामा रहेको राँके बजारमा आइतबार राति भएको आगलागीमा करिब २ करोड बराबरको क्षति भएको छ । 

राँके बजारमा आगलागी, २ करोड बराबरको क्षति

बजारको इलामतर्फको क्षेत्रमा आगलागी भएको थियो । देउमाई नगरपालिका–१ का थालुराम श्रेष्ठको घरमा विद्युत सर्ट भई आगो लागेको प्रहरीले जनाएको छ । ९ बजे सुरु भएको आगलागी १२ बजे स्थानीय, सेना, सशस्त्र प्रहरी, प्रहरी र फिदिमबाट पुगेको दमकलको सक्रियतामा नियन्त्रणमा आएको थियो ।


आगलागीबाट श्रेष्ठको ५ तले घरसहित १ करोड ५३ लाख बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ । सोही घरमा रहेको जितबहादुर बस्नेतको किराना पसलमा ५३ लाख बराबर र फेन्सी पसल संचालक श्रीबहादुर बिष्टको ७ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।


आगलागी नियन्त्रणकालागि इलामवाट गएको दमकल भने बाटोमा नै बिग्रिएको थियो । २०७१ कात्तिक १९ गते पनि राँकेमा आगलागी हुँदा ८ घर जलेका थिए ।

प्रकाशित : भाद्र १८, २०७५ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?