कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

सुत्केरीको मृत्युपछि स्वाथ्य चौकीमा तालाबन्दी

रासस

पाँचथर — सुत्केरीको मृत्यु भएपछि यहाँको एउटा स्वास्थ्यचौकीमा तनाव भएको छ । याङवरक गाँउपालिका–३ स्थित स्वास्थ्य चौकीमा सुत्केरीको मृत्यु भएपछि आफन्त आन्दोलनमा उत्रिएका छन् ।

सुत्केरीको मृत्युपछि स्वाथ्य चौकीमा तालाबन्दी

उनीहरुले चिकित्सकको लापर्बाहीका कारण सुत्केरीको मृत्यु भएको आरोप लगाएका छन् । याङवरक गाँउपालिका–३ का सुत्केरी गीता देवान सेलिङको आइतबार स्वास्थ्यचौकीमा मृत्यु भएको थियो ।


मृतकका आफन्त सन्तोष सेलिङका अनुसार सुत्केरीलाई भदौ १५ गते स्वास्थ्य संस्थामा लगिएको थियो । त्यहाँ कार्यरत स्वास्थ्यकर्मीले समयमै उपचारमा ध्यान नदिएपछि उनको मृत्यु भएको आफन्तको आरोप छ । स्वास्थ्यकर्मीले भने थप उपचारका लागि फिदिम ल्याउने क्रममा मृत्यु भएको दाबी गरेका छन् । मृतकका श्रीमान समीर सेलिङले स्वास्थ्यचौकी इन्चार्ज जेतबहादुर शाही तथा अनमीद्वय सोनामी तामाङ र वर्षा गौतमविरुद्ध किटानी जाहेरी दिने बताए । स्थानीयवासीले स्वाथ्य चौकीमा तालाबन्दीसमेत गरेका छन् ।

प्रकाशित : भाद्र २०, २०७५ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?