सुत्केरीको मृत्युपछि स्वाथ्य चौकीमा तालाबन्दी

रासस

पाँचथर — सुत्केरीको मृत्यु भएपछि यहाँको एउटा स्वास्थ्यचौकीमा तनाव भएको छ । याङवरक गाँउपालिका–३ स्थित स्वास्थ्य चौकीमा सुत्केरीको मृत्यु भएपछि आफन्त आन्दोलनमा उत्रिएका छन् ।

उनीहरुले चिकित्सकको लापर्बाहीका कारण सुत्केरीको मृत्यु भएको आरोप लगाएका छन् । याङवरक गाँउपालिका–३ का सुत्केरी गीता देवान सेलिङको आइतबार स्वास्थ्यचौकीमा मृत्यु भएको थियो ।

Yamaha

मृतकका आफन्त सन्तोष सेलिङका अनुसार सुत्केरीलाई भदौ १५ गते स्वास्थ्य संस्थामा लगिएको थियो । त्यहाँ कार्यरत स्वास्थ्यकर्मीले समयमै उपचारमा ध्यान नदिएपछि उनको मृत्यु भएको आफन्तको आरोप छ । स्वास्थ्यकर्मीले भने थप उपचारका लागि फिदिम ल्याउने क्रममा मृत्यु भएको दाबी गरेका छन् । मृतकका श्रीमान समीर सेलिङले स्वास्थ्यचौकी इन्चार्ज जेतबहादुर शाही तथा अनमीद्वय सोनामी तामाङ र वर्षा गौतमविरुद्ध किटानी जाहेरी दिने बताए । स्थानीयवासीले स्वाथ्य चौकीमा तालाबन्दीसमेत गरेका छन् ।

प्रकाशित : भाद्र २०, २०७५ १०:१८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पाेखरीमा डुबेर दुई बालकको मृत्यु

रासस

पर्सा — पोखरीमा नुहाउने क्रममा दुई बालकको डुबेर मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–२४ रामगढवाका १४ वर्षीय नितेश पटेल र ११ वर्षीय सुदर्शन पटेलको नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । 

दुवै जना रामगढवाको ज्योतिनगरस्थित मङ्गलबार बेलुका साथीसँग नुहाउन गएका थिए ।

अबेर रातिसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममाबुधबार बिहान उनीहरुको शव पोखरीमा फेला परेको प्रहरी उपरीक्षक रेवती ढकाललेबताए । दुवै बालकको शव परीक्षणका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल लगिएको छ ।

प्रकाशित : भाद्र २०, २०७५ १०:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT