तत्कालीन माओवादीको पुरानो कार्यालयमा बम फेला

विप्लव भट्टराई

इलाम — इलाम सदरमुकामस्थित तत्कालीन एकीकृत माओवादीको कार्यालय रहेकाे स्थानमा बम फेला परेको छ । 

तत्कालीन माओवादीको पुरानो कार्यालयमा बम फेला

नारायणस्थानस्थित मन्दिर परिसरमा रहेको भवनमा आइतबार बिहान दुईवटा सकेट र एउटा सुतली बम भेटिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

बम भेटिएको स्थानमा प्रहरीले सुरक्षा दिइरहेको र डिस्पोजका लागि सेनाको पशुपतिप्रसाद गण इलामलाई जानकारी दिइएको प्रहरी नायब उपरीक्षक टंकप्रसाद भट्टराईले जानकारी दिए ।

गस्ती गर्ने क्रममा शंकास्पद वस्तु देखिएपछि जाँच गर्दा बम भेटिएको उनले बताए । तत्कालीन विद्रोही माओवादीले शान्ति प्रक्रियामा आएयता मारवाडी सेवा समाजको भवनमा पार्टी कार्यालय राखेको थियो ।

एमालेसँग पार्टी एकीकरण भएपछि माओवादीले जिल्ला कमिटिको कार्यालय रहेको दुई तले भवन छाडिसकेको छ ।

प्रकाशित : भाद्र २४, २०७५ १३:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?