कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

मेयरले समाते घुस लिने महानगरका दुई कर्मचारी

देवनारायण साह

मोरङ — विराटनगर महानगरपालिकाका दुईजना कर्मचारी घुसको रकमसहित आइतबार पक्राउ परेका छन् ।वित्तीय व्यवस्थापन महाशाखामा कार्यरत खरिदार तिलकमणी पोखरेल र घरजग्गा नक्सा फाँटका कार्यालय सहयोगी बुधलाल सरदार पक्राउ परेका हुन् । 

मेयरले समाते घुस लिने महानगरका दुई कर्मचारी

उनीहरुलाई विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद दाहाल र वडा ७ का अध्यक्ष मधुबाबु तिबारीको संयूक्त टोलीले घुस रकमसहित पक्राउ गरेको हो ।


पोखरेलले विराटनगर ७ की मिना शाक्यले सम्पति कर र घर बहाल कर तिर्न आउँदा ८५ हजार रुपैयाँ लिएर ७३ हजार ५ सय ७५ को मात्रै बील दिएको थियो । शाक्य निस्किने बित्तिकै प्रमुख पराजुली नेतृत्वको टोलीले पोखरेलको घरराबाट घुस रकम बरामद गरेको थियो ।


पोखरेलले कार्यालय सहयोगी सरदारमार्फत रकम लिएको थियो । प्रमुख पराजुलीले ११ हजार ४ सय २५ रुपैयाँ घुस रकमसहित पक्राउ परेका दुबै जनालाई कानुनी कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाउने बताए ।


प्रकाशित : भाद्र २४, २०७५ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?