प्रदेश १
भाद्र २५, २०७५

शिक्षणमा प्रयोगात्मक विधि

फक्तालुङ गाउँपालिका ५ इखावुको सुनदेवी माध्यमिक विद्यालयका शिक्षक राजु लिम्बूले कक्षा ७ का २८ विद्यार्थीलाई चार समूहमा विभाजन गरे । उनीहरूलाई चिउरा हालेको प्लास्टिकका खोल, गिटीजस्तो डल्ला डल्ला ढुंगा, गोठे मल, पतझर र बालुवा ल्याउन अघिल्लै दिन भनिएको थियो ।

काठका ठेकी बिक्नै छाडे

परम्परागत रूपमा पशुपालन गर्दै आएका किसानले समेत प्लास्टिक र धातुका सामान प्रयोग गर्न थालेपछि काठबाट कुँदेर बनाइएका ठेकीलाई बजार पाउन समस्या भएको छ । बजारमा ठेकी बिक्री नै हुन छाडेपछि चुँदाराको व्यवसाय समेत संकटमा परेको छ ।

हत्या गरी फालिएको शव फेला

सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित काेशी किनारमा विभत्स ढंगले हत्या गरी कोशी नदीमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ ।

भाद्र २४, २०७५

मेयरले समाते घुस लिने महानगरका दुई कर्मचारी

विराटनगर महानगरपालिकाका दुईजना कर्मचारी घुसको रकमसहित आइतबार पक्राउ परेका छन् ।वित्तीय व्यवस्थापन महाशाखामा कार्यरत खरिदार तिलकमणी पोखरेल र घरजग्गा नक्सा फाँटका कार्यालय सहयोगी बुधलाल सरदार पक्राउ परेका हुन् । 

ADVERTISEMENT

स्थायी राजधानी घोषणा ढिलाइले असर

प्रदेश १ को स्थायी राजधानी घोषणा गर्न ढिलाइ भएसँगै सरकार र सदनका भौतिक संरचना निर्माणमा समेत ढिलाइ भएको छ । विराटनगरमा अस्थायी राजधानी घोषणा भएपछि हतारमा मर्मत गरिएको सानो र अव्यवस्थित हलमा प्रदेश सभा बैठक सञ्चालन भइरहेछ ।

सिंगो बस्तीमा १ शौचालय, २ चापाकल

महानगरका बासिन्दा भएर पनि वडा १६ दरैयाको ऋषिदेव बस्तीमा उज्यालो भुइँमा नखस्दै दिसा गरिसक्नुपर्ने बाध्यता छ । झिसमिसमै लोटी बोकेर झाडीतिर दौडने यहाँका ४५ परिवारको दैनिकी हो ।

भाद्र २३, २०७५

अझै चापाकलकै भर

विराटनगर महानगरवासी चापाकल (ट्युवेल) को पानी खान बाध्य छन् । खानेपानी संस्थानको धारामा दूषित पानी आउने गरेकाले महानगरवासी ट्युवेलको पानी खान बाध्य भएका हुन् ।

सेवासुविधा विधेयक सदनमा

प्रदेश सरकारबाट सर्वसाधारणले पाउनुपर्ने सेवासुविधालाई प्रभावकारी बनाउने भन्दै सदनमा ‘प्रदेश सुशासनको प्रत्याभूति गर्न सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेस गरेको छ ।

लाखौंका उपकरण उपयोगविहीन

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र मेडिकल उपकरण आपूर्तिकर्ता बायोमेड इन्टरनेसनल काठमाडौंबीचको विवादले एक वर्षअघि खरिद गरेको ७४ लाख रुपैयाँभन्दा बढी पर्ने उपकरण उपयोगविहीन बनेको छ ।

मनकामना धाममा खानेपानी अभाव

मनकामना धामको वृद्धाश्रममा बस्दै आएकी गायत्रीनन्द गिरीले तीजको दर खुवाउन पुगेका स्थानीय तहका प्रमुख, नेता र आयोजकलाई पिउने पानी र सञ्चार समस्या भएको गुनासो राखिन् ।

जोगी बस्तीमा ५ लाखको खुर्सानी

फेदाप गाउँपालिका ओयाक्जुङका विपन्न जोगी समुदायले पहिलोपटक ५ लाख रुपैयाँ अकबरे खुर्सानी बिक्री गरेका छन् । विभिन्न संघसंस्थाले बस्तीमै पुगेर अकबरे खुर्सानी खेतीबारे तालिम दिएर सीप सिकाएपछि स्थानीय खुर्सानी खेतीमा लागेका हुन् ।