झापामा एक व्यवसायीको हत्या 

अर्जुन राजवंशी

दमक — दमकका एक व्यवसायीको हत्या भएको छ । दमक नगरपालिका ६ मा रेडिमेट कपडाको व्यापार गर्दै आएका ३८ वर्षीय खेमराज पौडेलको हत्या भएको हो । 

झापामा एक व्यवसायीको हत्या 

कमल गाउँपालिका–६ मंगलबारे घर भएका पौडेलको शव मंगलबार बिहान गौरीगञ्ज–६ देवीगञ्जस्थित नेपाल–भारत सीमा नजिक भेटिएको थियो । बिहान ७ बजेतिर गाईवस्तु बाँध्न गएकाहरुले खेतको पैनीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।


पौडेलको हत्यामा संलग्न रहेको आशंकामा गौरीगञ्ज–६ का कपडा व्यापारी २८ वर्षीय सद्दाम हुसेनलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले जानकारी दिए ।

पौडेलको घाँटी, छाती, पाखुरा गरी शरीरको विभिन्न भागमा गहिरो चोट रहेको प्रहरी निरीक्षक पौडेलले बताए ।

प्रहरीका अनुसार व्यापारी पौडेल सोमबार बेलुकादेखि बेपत्ता थिए । सोमबार बेलुका ५ बजेतिर पसल बन्द गरेर श्रीमती दीपासँगै ग्राहकसँग पैसा उठाउन दमकबाट गौरीगञ्ज झरेका थिए ।


घटनामा संलग्न रहेको आशंकामा थप केही व्यक्तिलाई सोधपुछ गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमका लागि धरान पठाइएको छ ।

प्रकाशित : भाद्र २६, २०७५ १३:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?