सिद्धिचरण राजर्माग अवरुद्ध 

डिल्लीराम खतिवडा

उदयपुर — सिद्धिचरण लोकर्मागको कटारी घुर्मी खण्ड अवरुद्ध भएको छ । दुई दिनयताको वर्षातसँगै लोकमार्गको कटारी नगरपालिका–८ शिरिशेमा पहिरो जादाँ सडक अवरुद्ध भएको हो ।

वर्षात्‌का कारण माथिबाट झरेको पहिरोले सडक अवरुद्ध गरेको छ । लोकमार्ग मंगलबार बिहानैदेखि अवरुद्ध भएको हो । लोकमार्ग अवरुद्ध हुदाँ कटारी भएर माथिल्लो सगरमाथाका सोलु, ओखलढुगां र खोटाङ हिडेका यात्रु कटारी मै रोकिएका छन् ।

Yamaha

त्यसैगरी सोलु, ओखलढुगा र खोटाङबाट तराईका बिभिन्न भाग हिडेका यात्रु घुर्मी, गहुबाँरी, वेतेनीलगायका स्थानमा अलपत्र परेको कटारी नगरपालिका–११ का वडाध्यक्ष दिपक बुढाथोकीले बताए । पहिरो हटाउने काम भइरहे पनि फेरि बर्षात् भएकोले समस्या भएको वडाध्यक्ष बुढाथोकीले बताए ।

अवरुद्ध सडक साझसम्म संचालनमा ल्याउने प्रयास भइरहेको इलाक प्रहरी कार्यालय कटारीले जनाएको छ । प्रहरीका अनुसार सडक डिभिजन सडक कार्यालय, नगरपालिका र स्थानीयको सहयोगमा अवरुद्ध सडक खोल्ने काम भइरहेको छ ।

Esewa Pasal

प्रकाशित : भाद्र २६, २०७५ १४:४२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

अरुलाई रोक्ने मन्त्री पण्डित आफैं विदेश सयर गर्दै 

कान्तिपुर संवाददाता

काठमाडौं — जनप्रतिनिधिहरुलाई विदेश भ्रमणमा रोक लगाएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित आफै विदेश सयर गर्दैछन् । चीनको सिचुवान प्रान्तको छेन्दुमा १ देखि ५ असोजसम्म हुने ‘१७ औं वेस्ट्रन चाइना इन्टरनेशनल फेयर’ मा भाग लिन मन्त्री पण्डित भदौ ३१ मा पत्नी विमला महत, सहसचिव केदारप्रसाद पनेरु र स्वकीय सचिव मनोज राईलाई लिएर भ्रमणमा जान लागेका हुन् ।



यसअघि महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रमुख तथा उपप्रमुख विदेश भ्रमणमा जान खोज्दा मन्त्री पण्डितले उनीहरुलाई अनुमति दिएका थिएनन्।


आयोजकहरुकै खर्चमा विदेश भ्रमण गर्न खोजेका जनप्रतिनिधिलाई विदेश जान रोकेका मन्त्री पण्डित आफू आयोजककै खर्चमा चीन जान लागेको स्रोतले बतायो। मन्त्री पण्डितका स्वकीय सचिव मनोज राईको भ्रमण खर्च भने अर्थ मन्त्रालयले व्यहोर्नेछ। अर्थले भदौ २० मा राईको खर्च व्यहोर्ने सहमति दिएको हो।

सामान्य प्रशासन स्रोतबाट कान्तिपुरलाई प्राप्त पत्र अनुसार चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान प्रान्तका सेक्रेटरी तथा डेपुटी सेक्रेटरीका तर्फबाट भएको निमन्त्रणा बेइजिङस्थित् नेपाली दूतावासबाट आएको हो।

यसअघि मोरक्कोको माराकेसको कार्यक्रममा भने मन्त्री पण्डित सहभागी भएका थिएनन्। त्यतिबेला उनले विदेश भ्रमण आफ्नो प्राथमिकताको विषय नभएको दाबी गरेका थिए।

छेन्दुमा हुने फेयरमा विश्वबाट हजारौं व्यक्तिहरु सहभागी हुनेछन्। सन् २००० देखि सुरु भएको यो फेयरमा धेरै मुलुकबाट उच्च अधिकारी सहभागी हुने पत्रमा उल्लेख छ।

चीनका राष्ट्रपति सि चिनफिङको समाजवादी विचारधाराबाट अभिप्रेरित यो फेयरले विकासको नयाँ सोच र गुणात्मक विकास प्राप्त गर्ने लक्ष्य राखेको छ।

प्रकाशित : भाद्र २६, २०७५ १४:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT