१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८
प्रदेश १

Pradesh-1

हत्या आरोपमा दुई पक्राउ 

पाँचदिन अघि हत्या गरेर कोशी नदीमा फालिएका बराहक्षेत्र नगरपालिका–६ बस्ने सुविन्द्र माझीको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

हत्या आरोपमा दुई पक्राउ 

हराउँदै तीजको मौलिकपन

नेपाली महिलाले धूमधामकासाथ मनाउने हरितालिका तीज पर्वको मौलिकपन अचेल हराउँदै गएको छ । पहिले पहिले पीर, वेदना, व्यथा, हर्ष र दु:खसुख मिसिएर तीजका भाका गुञ्जन्थे । अचेल यस्तो छैन । आधुनिक गीतले ठाउँ लिएका छन् ।

हराउँदै तीजको मौलिकपन

प्रदेश वित्त व्यवस्थापन विधेयक पारित

प्रदेश तथा स्थानीय तहको राजस्व संकलन, राजस्व बाँडफाँड, अनुदान, ऋण र वित्त व्यवस्थापन गर्न बनेको ‘प्रदेश वित्त व्यवस्थापन विधेयक’ संशोधनसहित मंगलबार पारित भएको छ ।

प्रदेश वित्त व्यवस्थापन विधेयक पारित

ऐलानी जग्गामा घरैघर

मोरङको बेलबारी नगरपालिका ११ का रामकुमार लिम्बूले लक्ष्मीमार्गको चार धुर जमिनमा करिब ६० लाख रुपैयाँको लागतमा तीनतले घर बनाएका छन् । उनको घरले चर्चेको जमिनको लालपुर्जा भने उनीसँग छैन ।

ऐलानी जग्गामा घरैघर

विद्यालयका शौचालय प्रयोगविहीन

कटारी नगरपालिकाको लेखानीदेखि बेलकाको मैनामैनीसम्मका दर्जनौं विद्यालयमा शौचालय निर्माण गरिएका छन् । सरकारी तथा गैरसकारी संस्थाका आर्थिक र भौतिक सहयोगमा शौचालय बनेका हुन् । ती शौचालय पानी नहुँदा प्रयोगविहीन भएका छन् ।

विद्यालयका शौचालय प्रयोगविहीन

दूध किसानलाई अतिरिक्त रकम

सुनसरीको बराहक्षेत्र–१० प्रकाशपुरस्थित दुग्ध उत्पादक सहकारी संस्थाले प्रतिलिटर ३ रुपैयाँ रकम थपिदिन थालेको छ । स्थानीयलाई राहत दिने उद्देश्यले सहकारीले साउनदेखि लागू हुने गरी नियमित दूध ल्याउने कृषकलाई अतिरिक्त रकम थपिदिन थालेको हो ।

दूध किसानलाई अतिरिक्त रकम

पहिचान फर्काउँदै ‘सगरमाथा प्रवेशद्वार’

‘सगरमाथाको प्रवेशद्वार’ को पहिचान बनाएको कटारी बजार सशस्त्र द्वन्द्वताका गुमनाम हुन पुगेको थियो । व्यापार व्यवसायसँगै विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रतर्फ पदमार्ग हँुदै आवजावत गर्ने पर्यटकको चहलपहल नहुँदा सुनसान बनेको थियो ।

पहिचान फर्काउँदै ‘सगरमाथा प्रवेशद्वार’

‘गाउँमा अधिकार होइन महँगी र कर आयो’

विराटनगर १२ बखरीस्थित मुसहर बस्तीका ६१ वर्षीय भगलु ऋषिदेवले भोट माग्न आउँदा नेताले सिंहदरबारको अधिकार गाउँमै आउँछ भन्ने सुनेका थिए । भोट खसाएको वर्ष बित्यो तर उनले सिंहदरबारको अधिकार गाउँमा आएको अनुभव गर्न सकेका छैनन् ।

‘गाउँमा अधिकार होइन महँगी र कर आयो’
भाद्र २६, २०७५

सिद्धिचरण राजर्माग अवरुद्ध 

सिद्धिचरण लोकर्मागको कटारी घुर्मी खण्ड अवरुद्ध भएको छ । दुई दिनयताको वर्षातसँगै लोकमार्गको कटारी नगरपालिका–८ शिरिशेमा पहिरो जादाँ सडक अवरुद्ध भएको हो ।

सिद्धिचरण राजर्माग अवरुद्ध 

पानी आउँदैन बिलमात्रै

जिल्ला प्रहरी कार्यालयमा पानीको बिल ४० देखि ५० हजार रुपैयाँसम्मको आउन थालेपछि मिटर बिग्रिएको आशंकामा फेरियो । तर, बिल भने घटेन । जिल्ला प्रहरी कार्यालयका डीएसपी श्यामकुमार सारुमगर पानीभन्दा बढी बिल आउन थालेको बताउँछन् ।

पानी आउँदैन बिलमात्रै

बसपार्कमा शौचालय छैन

सदरमुकाम रहेको बसपार्कमा सार्वजनिक शौचालय नहुँदा यात्रुहरूलाई समस्या हुँदै आएको छ । ‘यात्राभर शौचालय बस्न पाइन्न न त सौच गर्ने कुनै समय र अवस्था नै हुन्छ,’ यात्रु पर्शुराम ओझाले भने, ‘बसपार्क ओर्लनसाथ नजिकका होटलमा लाइन लागेर बस्नुपर्छ । कतिपय होटल व्यवसायीले त जानै दिँदैनन् ।’

बसपार्कमा शौचालय छैन

इस्कुसको मुन्टाबाट बढी कमाइ

कोल्बुङका कमल गुरुङ दिनहुँ कुटो कोदालो लिएर घरबारी नचाहरेको धेरै भयो । घरबारीभरि स्कुसको खेती थालेपछि अब उनको परिवारले नियमित खनिखोस्री गरेर मकै आलुजस्ता बालीको स्याहार गर्नु परेको छैन ।

इस्कुसको मुन्टाबाट बढी कमाइ

भण्डारका लागि ‘वेयर हाउस’

धनकुटा नगरपालिका १ हिलेको टिमुरेमा कृषिजन्य वस्तु भण्डारण गर्न ‘वेयर हाउस’ निर्माण गरिएको छ । वेयर हाउसमा आगामी एक महिनाभित्र अलैंचीलगायत कृषिजन्य वस्तु भण्डार गर्न सकिनेछ ।

भण्डारका लागि ‘वेयर हाउस’

पौरखी महिलाले चिनाए महेशपुर

कोही लुगा सिउनमा व्यस्त छन्, कोही मुढा बनाउनमा तल्लीन । कोही सुन्दर पुष्पगुच्छा तयार पारिरहेका छन् भने कोही च्याउको स्याहारसुसारमा मस्त । कोही घरघरै स्वास्थ्य कार्यक्रमको जानकारी दिँदै हिँड्दै छन् ।

पौरखी महिलाले चिनाए महेशपुर