हत्या आरोपमा दुई पक्राउ 

प्रदीप मेन्याङ्बो

सुनसरी — पाँचदिन अघि हत्या गरेर कोशी नदीमा फालिएका बराहक्षेत्र नगरपालिका–६ बस्ने सुविन्द्र माझीको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा बराहक्षेत्र–६ बस्ने २१ वर्षीय शक्तिराम तामाङ र मोरङको कानेपोखरी गाँउपालिका–५ बस्ने २१ वर्षीय शरण तामाङ छन् । गत शनिबार बेलुकी बराहक्षेत्र–६ जव्दीस्थित कोशी नदीको ३ नम्बर स्परमा २४ वर्षीय माझीको टाउको, छाती र पेटमा भाला प्रहार गरेर विभत्स हत्या पछि कोशीमा फालिएको थियो ।

Yamaha

स्थानीय गोठालाहरुले भोलिपल्ट बिहान पानीमुनि मानिस डुबेको अवस्थामा रहेको जानकारी प्रहरीलाई दिएपछि माझीको शव निकालिएको थियो । शव हेर्दा विभत्स हत्या गरेको र कोशी किनारमा माझीको मोबाइल, चप्पल फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

मृतक माझी र तामाङद्वयबीचको मोबाइल सम्पर्कका आधारमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले पहिले शक्तिलाई गाँउबाटै पक्राउ गरेको थियो । उनले दिएको सूचनाका आधारमा कानेपोखरीबाट शरणलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : भाद्र २७, २०७५ १०:५७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

मानव अधिकारको बेवास्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — ह्युमन राइट्स वाचका क्लाइभ वल्र्ड विनले कान्तिपुरमा अथ्र्याएको नेपालमा द्वन्द्वकालीन अपराधमा संग्लग्न मुख्य अपराधीहरूलाई के कस्तो कारबाही होला ? यदि भएन भने के होला भनी लेखेको लेखलाई कुनै पनि विद्वत समूहले क्रिया/प्रतिक्रिया नगरेको देख्दा उदेक लाग्यो ।

के क्लाइभले भनेजस्तो स्थिर सरकार बनेर पनि अपराधीहरू यसरी लगातार एकपछि अर्को स्वतन्त्र घुम्न पाउनु मानव अधिकार सुरक्षित भएको हो ? या उनीहरू अझ महसुर भएका हुन् ? सरकार मानव अधिकार संरक्षणमा किन मौन ? यदि बलियो सरकारले यो काम गर्न सक्दैन भने क्लाइभले भनेजस्तो नेपालका संदिग्ध अपराधीहरू तथा सरकारी अधिकारीहरू विदेश भ्रमणमा जाँदा अन्तर्राष्ट्रिय कानुन आकर्षित भई अन्तर्राष्ट्रिय अदालतबाट प्रताडित हुनसक्ने प्रबल सम्भावना रहन्छ ।
२/४ जना अपराधीलाई बचाउँदा राष्ट्रको शाख नै धुमिल हुने कार्य किन गरिराखेको छ, यो सरकार ?
– केदारनाथ त्रिपाठी,बुढानीलकण्ठ, काठमाडौं

प्रकाशित : भाद्र २७, २०७५ १०:५५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT