कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हत्या आरोपमा दुई पक्राउ 

प्रदीप मेन्याङ्बो

सुनसरी — पाँचदिन अघि हत्या गरेर कोशी नदीमा फालिएका बराहक्षेत्र नगरपालिका–६ बस्ने सुविन्द्र माझीको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

हत्या आरोपमा दुई पक्राउ 

पक्राउ पर्नेहरुमा बराहक्षेत्र–६ बस्ने २१ वर्षीय शक्तिराम तामाङ र मोरङको कानेपोखरी गाँउपालिका–५ बस्ने २१ वर्षीय शरण तामाङ छन् । गत शनिबार बेलुकी बराहक्षेत्र–६ जव्दीस्थित कोशी नदीको ३ नम्बर स्परमा २४ वर्षीय माझीको टाउको, छाती र पेटमा भाला प्रहार गरेर विभत्स हत्या पछि कोशीमा फालिएको थियो ।


स्थानीय गोठालाहरुले भोलिपल्ट बिहान पानीमुनि मानिस डुबेको अवस्थामा रहेको जानकारी प्रहरीलाई दिएपछि माझीको शव निकालिएको थियो । शव हेर्दा विभत्स हत्या गरेको र कोशी किनारमा माझीको मोबाइल, चप्पल फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।


मृतक माझी र तामाङद्वयबीचको मोबाइल सम्पर्कका आधारमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले पहिले शक्तिलाई गाँउबाटै पक्राउ गरेको थियो । उनले दिएको सूचनाका आधारमा कानेपोखरीबाट शरणलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : भाद्र २७, २०७५ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?