भुटानी शरणार्थीकाे बेलडाँगी–१ शिविर खाली

रासस

दमक — २६ वर्षदेखि झापा दमकमा रहेको भुटानी शरणार्थी शिविर वेलडाँगी १ खाली भएको छ । शरणार्थी रित्तिएपछि शिविर खाली गरिएको हो । 

शरणार्थी तेस्रो मुलुक पुनर्वास तथा बाँकी रहेकालाई अन्यत्र स्थानन्तरण गरिएपछि दमक नगरपालिका–२ को उक्त शिविर खाली भएको शिविरका पूर्वसचिव सञ्चहाङ सुब्बाले बताए । खाली गर्ने क्रममा थोरै संख्यामा त्यहाँ बस्दै आएका शरणार्थीलाई बेलडाँगी–२ र ३ मा घर निर्माण गरी सारिएको पूर्वसचिव सुब्बाले बताए । बेलडाँगीमा तीन वटा शिविर खडा गरेर शरणार्थीलाई राखिएको थियो ।

Yamaha

भत्काउन बाँकी केही पुराना छाप्रा र शरणार्थी रेखदेख कार्यालयको कंक्रिट घर बाहेक अन्य सबै घर भत्काएरउक्त क्षेत्रबाट हटाइसकिएको छ । शरणार्थी शिविर स्थापनापछि बेलडाँगीमा १ मा २५ हजार र स्थानन्तरणको समयमा ७ सय ७४ जना रहेको शिविर व्यवस्थापन समितिले जानकारी दिएको छ ।

सन् २००७ देखि शुरु भएको तेस्रो मुलुक पुनर्वासपछि हाल बाँकी रहेका बेलडाँगी २ र ३ तथा पथरी शनिश्चरे शरणार्थी शिविरमा गरी६ हजार १ सय ४३ जना मात्र दर्ता भएका शरणार्थी रहेको शिविर व्यवस्थापन समितिले जनाएको छ ।

दर्ता हुनबाट बञ्चित भुटानी शरणार्थीको संख्या एक हजार ७ सय ४१ रहेको उनीहरुले दावी गर्दै आएका छन् ।

Esewa Pasal

प्रकाशित : भाद्र २७, २०७५ १२:४२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

सीमामा सशस्त्रको फोर्स मार्चपास 

ठाकुरसिंह थारु

नेपालगन्ज — सशस्त्र प्रहरी बलले नेपाल—भारत सीमामा फोर्स मार्चपास सुरु गरेको छ । प्रहरी निरीक्षकको कमाण्डमा सशस्त्र प्रहरीको एक बटालियनले बुधबारदेखि एक सातासम्म सीमामा मार्चपास गर्नेछ । 

सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वाटर नम्बर ३० ले बाँके मातहातका बटालियनले ६५ किलोमिटर खुला सीमामा मार्चपास गर्नेछ ।

सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वाटर नम्बर ३० का प्रमुख सशस्त्र प्रहरी उपरीक्षक भेषबहादुर शाहका अनुसार सीमामा हुने अपराधलाई नियन्त्रण, सीमा सुरक्षा गर्न फोर्स मार्चपास सुरु गरिएको हो ।

नेपाल—भारत खुला सीमाका कारण अपराधिक घटना हुन सक्ने भन्दै सीमामा सशस्त्र प्रहरी परिचालन हुँदै आएका छन् । त्यस्तै भारतले सीमा सुरक्षाका लागि भन्दै भारतीय सीमा बल (एसएसबी) परिचालन गरेको छ ।

प्रकाशित : भाद्र २७, २०७५ १२:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT