३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

भुटानी शरणार्थीकाे बेलडाँगी–१ शिविर खाली

रासस

दमक — २६ वर्षदेखि झापा दमकमा रहेको भुटानी शरणार्थी शिविर वेलडाँगी १ खाली भएको छ । शरणार्थी रित्तिएपछि शिविर खाली गरिएको हो । 

भुटानी शरणार्थीकाे बेलडाँगी–१ शिविर खाली

शरणार्थी तेस्रो मुलुक पुनर्वास तथा बाँकी रहेकालाई अन्यत्र स्थानन्तरण गरिएपछि दमक नगरपालिका–२ को उक्त शिविर खाली भएको शिविरका पूर्वसचिव सञ्चहाङ सुब्बाले बताए । खाली गर्ने क्रममा थोरै संख्यामा त्यहाँ बस्दै आएका शरणार्थीलाई बेलडाँगी–२ र ३ मा घर निर्माण गरी सारिएको पूर्वसचिव सुब्बाले बताए । बेलडाँगीमा तीन वटा शिविर खडा गरेर शरणार्थीलाई राखिएको थियो ।


भत्काउन बाँकी केही पुराना छाप्रा र शरणार्थी रेखदेख कार्यालयको कंक्रिट घर बाहेक अन्य सबै घर भत्काएर उक्त क्षेत्रबाट हटाइसकिएको छ । शरणार्थी शिविर स्थापनापछि बेलडाँगीमा १ मा २५ हजार र स्थानन्तरणको समयमा ७ सय ७४ जना रहेको शिविर व्यवस्थापन समितिले जानकारी दिएको छ ।


सन् २००७ देखि शुरु भएको तेस्रो मुलुक पुनर्वासपछि हाल बाँकी रहेका बेलडाँगी २ र ३ तथा पथरी शनिश्चरे शरणार्थी शिविरमा गरी ६ हजार १ सय ४३ जना मात्र दर्ता भएका शरणार्थी रहेको शिविर व्यवस्थापन समितिले जनाएको छ ।


दर्ता हुनबाट बञ्चित भुटानी शरणार्थीको संख्या एक हजार ७ सय ४१ रहेको उनीहरुले दावी गर्दै आएका छन् ।

प्रकाशित : भाद्र २७, २०७५ १२:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?