२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

भालुको आक्रमणबाट दुई महिला गम्भीर

कुम्भराज राई

ओखलढुंगा — सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–३ माठुङका दुई महिला भालुको आक्रमणबाट गम्भीर घाइते भएका छन् । घाँस काट्न गएका बेला भालुले आक्रमण गर्दा स्थानीय ४० वर्षीया सानु मगर र ४७ वर्षीया मनकुमारी मगर घाइते भएका हुन । 

भालुको आक्रमणबाट दुई महिला गम्भीर

बिहीबार घाँस काटेर फर्कदा भालुले आक्रमण गरेको हो । आक्रमणबाट उनीहरुको टाउको, घाटी, ढाड र तिघ्रामा गहिरो चोट लागेको छ । घाइते दुवैलाई बिहीबार साँझ उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पताल ल्याइएको थियो ।


घाइतेहरुको अवस्था गम्भीर भएकोले मौसम सुधार भएमा थप उपचारका लागि काठमाडौं पठाइने अस्पतालले जनाएको छ ।


पाँचजना महिलाहरु घाँस काट्न गएकोमा अन्य तीनजना भने आक्रमणबाट भागेर जोगिएका थिए ।

प्रकाशित : भाद्र २९, २०७५ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?