केन्द्रको जग्गा महँगिदै

तेह्रथुम — केही वर्षअघिसम्म ६ लाख रुपैयाँमा राम्रो घर किन्न सकिने आठराई गाउँपालिकाको केन्द्र संक्रान्ती बजारमा हाल एउटा घडेरीको मूल्य १५ देखि २० लाखसम्म पर्न थालेको छ ।

केन्द्रको जग्गा महँगिदै

स्थानीय तह पुन:सरचना भएर विकट क्षेत्रसमेत केन्द्र बनेपछि संक्रान्तीजस्तै अन्य ६ केन्द्र र आसपासका घरघडेरीको मूल्य बढेको छ ।


लालीगुराँस नगरपालिका केन्द्र वसन्तपुर, छथर गाउँपालिका केन्द्र शुक्रबारे, फेदाप गाउँपालिका केन्द्र पोक्लावाङ, मेन्छेयाम गाउँपालिका केन्द्र मोराहाङ र आठराई गाउँपाकिला केन्द्र संक्रान्ती बजारमा घर घडेरीको मूल्य अकासिएको छ जिरिखिम्ती, लसुने, चित्रे लगायत वजार क्षेत्रमा समेत घर घडेरीको मूल्य पनि उसैगरी बढेको छ ।


बसोबासको चाप बढेको र भौतिक सुविधा समेत थपिदै गएकाले घर घडेरीको मूल्य बढेको छथर गाउँपालिकाका अध्यक्ष सन्तविर लिम्बूले बताए । सरकारले स्थानीय तह पुन:सरचना गरेर सेवा सुविधा गाउँ तहसम्म पुर्‍याउने नीति लिएपछि त्यस्ता क्षेत्रको जग्गाको मूल्य बढेको जिल्ला मालपोत कार्यालयले जनाएको छ । राज्यले प्रदान गर्ने धेरै जसो सेवासुविधा गाउँ तहसम्मै पुग्न थालेपछि सदरमुकामको चाप गाउँतर्फ सर्दै गएको जिल्ला समन्वय समिति प्रमुख शिव ढुंगानाले बताए ।


सेवा सुविधा विकेन्द्रीत भएपछि गाउँ र नगरका केन्द्रमा भूमिमाथि चाप बढी पर्ने नयाँसहर आयोजना कार्यालय वसन्तपुरका प्रमुख दोर्णमानदेव कटुवालले वताए । पर्यटकीय बजार बसन्तपुरमा सरकारले २० वर्षभित्र १ लाख जनसंख्या राख्ने तयारी साथ नयाँसहर घोषणा गरी पूर्वाधार निर्माण थालेकाले पनि यस्तो अवस्था आएको कटुवालको भनाइ छ ।

प्रकाशित : भाद्र २९, २०७५ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?