२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

डेढ महिनादेखि उडान अवरुद्ध

स्थानीयलाई उपचारका लागि अन्यत्र जान कठिन

भोजपुर — करिब डेढ महिनादेखि भोजपुर हवाई सेवा अवरुद्ध हुँदा यात्रु मारमा परेका छन् । लामो समयदेखि उडान बन्द हुँदा जिल्ला अस्पतालबाट रेफर गरिएका गम्भीर बिरामीलाई उपचारका लागि अन्यत्र लैजान समेत समस्या छ ।

डेढ महिनादेखि उडान अवरुद्ध

आकस्मिक प्रकृतिका तत्काल राजधानी पुर्‍याउनुपर्ने बिरामी र वृद्धबृद्धा तथा अशक्तलाई पनि आउजाउ गर्न समस्या हुँदै आएको छ । ‘हवाई सेवा बन्द भएपछि अन्यत्र पठाइनुपर्ने गम्भीर प्रकृतिका बिरामीलाई ज्यादै समस्या हुने गरेको छ । बाटोको अवस्था पनि राम्रो छैन,’ जिल्ला अस्पताल भोजपुर चिकित्सक शिवजी रिजालले भने ।


उडान नहुँदा कतिपय बिरामीले महंगो भाडा तिरेर हेलिकप्टर चार्टर गर्न बाध्य छन् । आर्थिक अवस्था कमजोर भएकाले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था छ । जिल्ला अस्पतालले महिनामा १२ भन्दा बढी बिरामी अन्यत्र पठाउने गरेको छ ।


काठमाडौं, विराटनगर दुई उडान भर्दैै आएको टीनअटर बिमान मर्मत भइरहेकाले उडान सेवा तत्कालका लागि बन्द गर्नु परेको नेपाल वायुसेवा निगम भोजपुर शाखाले जनाएको छ । निगमको केन्द्रीय कार्यालयले जहाज मर्मत भइरहेकाले अझै करिब दुई हप्तासम्म जिल्लामा उडान हुन नसक्ने जानकारी आएको विमानस्थलका ट्राफिक कन्ट्रोलर विजय श्रेष्ठ बताउँछन् ।


निगमले यसअघि आइतबार र सोमबार बाहेक भोजपुर–काठमाडौं पाँचपटक र विराटनगर–भोजपुर हप्तामा एकपटक उडान भर्दै आएको छ । जिल्लाको एकमात्र टक्सारस्थित विमानस्थलमा गत साउन १९ गतेबाट उडान बन्द भएको थियो ।

प्रकाशित : भाद्र २९, २०७५ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?