२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

ढुंगा दोहनले पहिरो

खोटाङ — तुवाचुङ जायजुममुनि बर्खेटार क्षेत्रमा अनियन्त्रित ढुंगा दोहनका कारण निरन्तर पहिरो झर्ने समस्या भएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत तुवाचुङ जायजुममुनि बर्खेटार क्षेत्रमा एक्साभेटर प्रयोग गरेर ढुंगा निकाल्ने गरिएको छ ।

ढुंगा दोहनले पहिरो

सडक निर्माण कम्पनीले सूर्य कन्स्ट्रक्सनले एक्साभेटर प्रयोग गरेर ढुङ्गा दोहन गर्दैगर्दा मंगलबार दिउँसो पहिरो झरेको थियो । पहिरोले एक्साभेटर समेत पुरेको प्रहरीले जनाएको छ । पहिरोले सडक अवरुद्ध गरेपछि यात्रु अलपत्र परेका थिए ।


दिक्तेलदेखि काठमाडौं जाँदै गरेका यात्रु, काठमाडौंदेखि दिक्तेल आउँदै गरेका यात्रु अलपत्र परेका थिए । त्यस्तै दिक्तेलदेखि धरान, धरानदेखि दिक्तेल, दिक्तेलदेखि विराटनगर, विराटनगरदेखि दिक्तेल आउँदै गरेका यात्रु अलपत्र परेको खोटाङका प्रहरी नायव उपरीक्षक राजकुमार केसीले बताए ।


सडक बनाउने बहानामा तुवाचुङ–जायजुममुनि एक्साभेटर प्रयोग गरेर ढुङ्गा दोहन गर्दा त्यसको कम्पनले पहिरो खसेको स्थानीयले बताएका छन् । गत भदौ १४ गते र साउन २१ गते पनि पहिरो गएको थियो । पटक–पटक पहिरो गइरहने भएकाले यो क्षेत्रमा यात्रा जोखिम बनेको छ । यसबारेमा तुवाचुङ जायजुम संरक्षण समिति भने बेखबर छ ।


कमिसनको चलखेलका कारण ढुङ्गा दोहनमा तुवाचुङ–जायजुम संरक्षण समितिका पदाधिकारीहरू नै संलग्न देखिएकाले यस्तो अवस्था आएको संरक्षण समितिका एक सदस्यले बताए । कमिसनको चलखेलमा ढुङ्गा दोहन भएको भन्दै चौतर्फी गुनासा आएका छन् । तुवाचुङ–जायजुम संरक्षण समितिका महासचिव दिनेश राईले भने आफूहरूमाथि झूटो आरोप लगाइएको बताउँदै आएका छन् ।

प्रकाशित : भाद्र २९, २०७५ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?